Posted by: ktmpost March 15, 2017
एउटा गाडी बेच्दा २६ लाख नाफा खाने रहेछन
Login in to Rate this Post:     1       ?         Liked by


फागुन २९ । तपाईंले लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली भन्ने कम्पनीको नाम सुन्नु भएको छ ? छैन भने पक्कै पनि हुन्डाई कार भन्ने थाहा होला । हुन्डाई मोटर कम्पनीले विभिन्न ब्रान्डका कारहरु उत्पादन गर्छ । मोटरकारको विश्वव्यापी व्यापार गर्ने हुन्डाई कम्पनीले उत्पादन गरेका कारहरु बिक्री गर्ने नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको लुट हामीले यसअघि पनि प्रस्तुत गरिसकेका छौं ।

काठमाडौंको नक्सालमा कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले ग्रान्ड माज्ना ब्रान्डको एउटा कार बेच्दा १० लाख रुपैया उपभोक्ताबाट नाफाका रुपमा लिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले १६ लाख ६९ हजारमा करसहित आयात गरेर २६ लाख ५६ हजारमा बिक्री गर्छ । अब आफै बिचार गर्नुहोस् एउटा कारमा तपाईले बिक्रेतालाई कति लाख नाफा बुझाइरहनु भएको रहेछ ?

हो, लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कारमै १० लाख रुपैयाँ नाफा राखेर बेच्छ । ग्रान्ड माज्ना धेरै चलेको ब्रान्ड पनि हो । यही ब्रान्डमा लक्ष्मी इन्टरकन्टिनेन्टलले धेरै लुट मच्चाएको छ । यदि यसलाई प्रतिशतमा हिसाब गर्ने हो भने एक कारबाट लक्ष्मीले ५९ दशमलव ०७ प्रतिशत नाफा लिन्छ ।

ग्रान्ड माज्दामा मात्रै होइन, लक्ष्मीले बिक्री गर्ने हरेक मोटर कारमा मुलुकमा विद्यमान ऐन कानुनले तोकेभन्दा बढी फाइदा लिइरहेको छ ।
आखिर यस्तो किन ? लक्ष्मीका सिनियर मार्केटिङ मेनेजर (ब्रान्ड) अवाशिष ओझालाई हामीले प्रश्न गरेका थियौं । तर मार्केटिङ मेनेजरको पदमा रहेका भए पनि उनको जवाफमा निरिहता मात्रै प्रकट भयो । उनले एउटै कारबाट १०–१० लाख नाफा राख्नु पछाडिको कारणमा ढुवानी, भन्सार, गोदाम आदि खर्च हो भनिदिए । जबकी हामीले प्रस्तुत गरेको कारको मूल्य भन्सारको २४० प्रतिशत कर जोडिसकेपछिको हो ।


मेनेजर ओझाले नाफाबारे कुनै टिप्पणी नगरेर आफ्नो निरिहता प्रकट गरे । किन र कसरी नियमविपरीत नाफा राखिएको छैन भन्ने विषयमा लक्ष्मी इन्टरकन्टिनेटल जवाफ दिइरहन आवश्यक ठान्दैन । लक्ष्मीका मालिक निराकर श्रेष्ठ त टेलिफोन सम्पर्कमा पनि आउन चाहँदैनन् । किनभने यो प्रश्नको जवाफ दिनु भनेको उपभोक्ता हित प्रति जिम्मेवार हुनु हो । यो कम्पनीले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न खोज्यो भने उसकै कट्टु फुस्किने डर छ । यसकारण पनि लक्ष्मीले यो लुटको सत्यता बाहिर ल्याउने मुख्र्यार्इं गर्दैन ।

अझ रोचक त के छ भने हिजोआज लक्ष्मीका जिम्मेवार पदाधिकारीहरुले पत्रकारलाई खुलेरै भन्न थालेका छन्–तपाईंहरुले लेखेर के हुन्छ ? हाम्रो सेल्स घटेको छैन । तपाईंहरु लेख्दै गर्नूस्, हामी ठग्दै गछौं । यस्तो आशयमा खुलेआम च्यालेन्ज गर्नुको अर्थ राज्यलाई नै चुनौती दिनु हो ।

नेपालमा पैशामा बिक्री हुने प्रशासक, लम्पसारवादी सरकार भएको मौकामा यस्ता नाफाखोरहरुको मनोबल बढेको अनुमान लगाउन सकिन्छ ।

र याे पनि

http://nepalaaja.com/2017/03/60459
Read Full Discussion Thread for this article