Posted by: San March 9, 2017
नेपाल गएर गर्ने के?
Login in to Rate this Post:     4       ?         Liked by
अन्दर्वेर मित्र -

आफुलाई चित्त नबुझेको कुरा साझामा लेख्नु भएकोमा धन्यबाद ! तपाइंको लेखहरुले सधैं जसो साझाको प्रतिभा बढाएको महसुस हुन्छ | तपाईंको दिलित भएको थ्रेड पनि रमाइलै प्रवृतिको थियो तर कुरै कुरामा व्यक्तिगत जानकारीहरु सार्वजनिक हुन थाले | साझको मूल तात्पर्य नेपालीहरु एक अर्कालाई थाहा भएको कुराहरु बाँडेर एक अर्कालाई मद्दत गर्नुको साथसाथै यस अमेरिकामा बस्दा लाग्ने एक किसिमको निरस्ताबाट अलिकति राहत पाउनु पनि हो | गफको कुरै कुरामा अनेकन कुराहरु निक्लिने तपाइंलाई अवगत नै छ | जस्तै भए पनि सकेसम्मे कसैको आन्तरिक व्यक्तिगत मामिला यस साझाको अन्तर्गत बाहिरिएर कसैको आफ्नो मौलिक आधारभूत स्वाभिमानमा आँच नपरोश भन्ने कुरा चाही महत्वपूर्ण नै भएको सामान्य ज्ञान, सदाचार र शिष्टाचार नै हो | यसै परिप्येक्षमा तपाइँले तुलना गर्नु भएको सार्वजनिक फोटोहरु साझामा राखिनु, एक अर्काको अज्ञात नाम संग विचार फरक भइ झैझगडा हुनुमा कुनै व्यक्तिको आफ्नो व्यक्तिगत नाम पहिचानमै असर पर्ने खालको परिस्थिती आऊदैन | तर जुन सुकै बेला कुनै व्यक्तिको आफ्नो नाम अनि व्यक्तिगत जानकारीको कुरामा बहस हुन थाल्छ तब कसैले सूचना गरेर उक्त थ्रेड हटाउने अनुरोध गरिन्छ - यस्तो परिस्थितिमा थ्रेडहरु हटाउन केहि बेर लाग्दैन किन भने साझाको थ्रेडबाट कसैलाई पनि व्यक्तिगत दुख पिडा हुनु भनेको साझाको कमजोरी हो र कसैलाई यस्तो नहोस भनेर छिट्टै यस्ता थ्रेड हटाउनु पर्ने हुन्छ नो अफेन्स टु द थ्रेड ओरिजिनेटर |

आशा छ तपाईंले बुझ्नु हुने छ अनि तपाईंले आफ्नो सृजनशीलतालाई साझामा निरन्तरता दिइराख्नुहुन्छ |

धन्यबाद
Read Full Discussion Thread for this article