Posted by: magorkhe1 February 6, 2017
मेरो कारले मुतेर हैरान पार्यो !
Login in to Rate this Post:     1       ?         Liked by
ड्यास बोर्डमा ब्रेक लाईट !

जनवरी लाग्ना साथ् स्टिकर लगाई हाले , के हो के हो बुढो गाडिको के भर ? त्यो दिन मेकानिकाले धेरै तानेर ह्याण्ड ब्रेक लगाएको थियो , मलाइ भने दुई हात लागेर नै तान्नु पर्ने जस्तो ? तेस्को २-३ दिन पछि ब्रेक लाइट को बत्ति बल्यो , तेही ह्याण्ड ब्रेक तानेको कारणले होला भनि कुदाउदै गए | के , कसो र किन को जोड घटाउ बिनानै कसैलाई दोष दिन पाए पछि किन उपचार तिर लाग्नु ? गएको सनिबार एक घण्टा जति टाढा साथि भेटन जानु थियो तेल पानि को निरीक्षण नगरी टाढा के दौडाउनु भनि हेरेको त ब्रेक फ़्ल्युड भाडो रित्तै छ ? जति थप्छु , भरिदैन ५-६ आऊन्स नै थपे होला भरिएको होइन | ब्रेक फ़्ल्युड चुहिएको पनि देखिदैन ?
Maine तिर बस्ने साथि भन्थे हाम्रो त हात खुट्टा यही हो तेसैले अलिक नया तिरनै आखा लगाइएको छ | लौ साथि हो आफ्ना आफ्ना हात खुट्टाको बेला बेलामा नाप जोख गरि राखु होला ?
Read Full Discussion Thread for this article