Posted by: magorkhe1 February 1, 2017
ग्यालो चाहियो बजैलाई !
Login in to Rate this Post:     0       ?        
म अलिक अन्ध बिस्वासी हुदै गएको हो कि देखिएका सपना  ले नराम्रो कुरा मात्रै देखाउने भएर हो मन अस्थिर  बनाउछ | कुनै कुनै सपनालेi धेरै लामो समय  सताउछ | १५-२० दिन अघि माथिल्लो दात खुस्केको सपना देखे पछि के छ बुढा पाका को हालखबर भनि सोध्न पुगेको थिए | सबै ठिक ठाक छ भने पछि तेस बीच सम्पर्क मा बसिन | सम्पर्क टुट्नु के थियो ग्यालो माग्ने बजै नै बितिछिंन | भुईचालो पछि नेपाल गएको बेला भेटेको थिए , गला मुसार्दै माया गरेको अझै ताजा छ |

साउ भन्दा ब्याजको माया भन्ने उखान सुनेकै होला हामि ब्याज हौ | साथि हो बाजे बजै लाइ माया नमार, बेला बेलामा अर्ति लिदै गर अनि आसिर्बाद थापी राख |तिम्रो स्वर सुनेर कती हर्सित हुन्छन कुरा गरेर र त हेर आँफै थाहा पाउने छौ |  
Last edited: 10-Feb-17 08:15 AM
Read Full Discussion Thread for this article