Posted by: magorkhe1 January 31, 2017
तेसो भए नयाँ मोहल्लामा सरौ ?
Login in to Rate this Post:     4       ?         Liked by
एउटा चिनेको मनिष लुईस्भिल ओहायो स्टेट बस्न पुग्यो | बुढीले भने स्टोरको काम पाएर डेरा भाडा र सामल लाई जेनतेन पुर्याउछन रे ? जागिर खोजेको सात आठ महिना भै सक्यो स्टोर देखी क्रैग्स्लिस्ट , इन्डीड , मन्सटर , स्थानिय रोजगार सहयोग केन्द्र सबै श्रोत र साधन को प्रयोग गरी सक्यो रे ?
रेजुमे नछोडेको पसल र कार्यालय बाँकी छैनन अब के गर्ने दाई भनी सोध्छ ? लौ भन्नुस् अश्वासन बाहेक के नै दिन सकिन्छ र आफु भएको स्टेट मा भए बियर र पोलेको कुखुराको साप्रा खान बोलाइन्थ्यो होला ? के सल्लाह दिने ? टेक्स्सास् गएको भए कतै क्सैको ग्यास स्तेसन मा काम पाउथ्यो कि ? यो पनि आफ्नै मन भित्रका कुरा मात्र भए भने यो कुरा सम्झिन पुगे |

एउटा को बुढीले नयाँ सारी किनेर ल्याईदे भनी रे ?
बुढो भन्छ : त्यो आल्मारिमा न अट्ने सारी छन किन नयाँ चाहियो ?
बुढीको जबाफ थियो : गाउले देखी साथी भाई सबैले देखी सके |
बुढोले निकालेको उपाय : तेसो भए नयाँ मोहल्लामा सरौ ! 

यिन्ले पनि रेजुमे पठाउन र काम नखोजेको ठाउँ केही बाँकी रहेनन भने अब अर्को शहर सर्ने हो कि ? बिचराले SubWay मा काम सिक्न पाए पछी आँफै ले खोल्न सकिन्थ्यो कि भन्दा तेस्को पनि आफ्नै कथा रहेछ | धेरै जसो भारतीय हरुले चलाउने हुनाले बहिरको मनिषनै न चाहिने रहेछ | यो छ अमेरिका बसाई को आत्म कथा | नेपालमा बस्ने हरु अमेरिका छिर्न पाए टाटा टिप्थे भनी ४० - ५० लाख तिर्दै दै बोलिभिया को बाटो हुँदै छिर्न खोज्छन | अनी महिला हरु बलाल्त्क्रित भए रे ? दिमाग टाटा मा मात्र राख्यौ महिनौ खरिएका नागा हरु सँग समय बिताउदा तिनिहरुले आफ्यानएे चेली बेटी झै व्यबहार गर्छ भन्ने ठानेर हिड्यौ? कि पैसा तिरे पछी महारानी सरह व्यबहार गर्छन् ? हाजारौ महिला भारतको लालटेन बजार पुर्याउने हाम्रै नेपाली हुन अरु बिदेशी नागाको के कुरा गरौ ?

के सल्लाह दिउ भन्ने सोच मा परे पछी यि गन्थन कोरेको हुँ !
Any advise?

Last edited: 03-Feb-17 04:33 PM
Read Full Discussion Thread for this article