Posted by: ujl January 17, 2017
किन नमर्नु यम बुद्ध?
Login in to Rate this Post:     2       ?         Liked by
हुन त म योगी मान्छे, भजन कीर्तन सुन्ने मान्छे....तर यम बुद्धको र्यापमाँ छुट्टै मर्म लुकेको मैले पाए. जब मैले यम बुद्धको "यो प्रसंग" भन्ने गीत सुने, मेरो मन निकै रसायो. निकै अनौठो शैलीमाँ समाजमा रहेका कुरितीहरुलाई उनले उजागर गर्ने प्रयास गरेका छन.

जीवन हो, सहज हुदैन. समयको वेगले मानिसलाई काहा पुर्याउँछ, केहि ठेगान हुदैन. यम बुद्ध पनि यही समयको वेग संग जूधि रहेका थिए. उनको जीवन र्याप कै लागि जन्म भएको थियो. यो कुरा सायद उनको परिवारले बुझेनन होला. हाम्रो समाजले पनि र्यापलाई तेती सम्मान पूर्वक हेर्दैन. यो हाम्रो बिडम्बना हो. तर यम बुद्धले हार चै खान नहुने हो. उनले आफ्नै 'साथी' भन्ने गीतमाँ भनेका छन, "मर्नु भन्दा ठुलो कुरा हिम्मत नहारनु हो." तर आज ऊनि हामी माझ रहेनं. नेपाल देशले एउटा सृजनशील आत्मीय मान्छे गुमाएको छ.

सायद यम बुद्ध पनि डिप्रेशनको शिकार भएको हुनु पर्छ. तर जीवनको नैराश्यताको समाधान मृत्यो हो भन्ने गलत ज्ञान पुगेको छ हाम्रो समाजमा. आध्यात्मिक ज्ञान नभएको कारण धेरै व्यक्तिहरु आत्महत्या गर्दछन. यो दुःखको कुरा हो. हामीले यो बुझ्नु जरुरी छ की हामी एक 'आत्मा' हौं र जति कोशिश गरे पनि यो आत्मा को हत्या हुनै सक्दैन. तेसैले यो अनमोल जीवन व्यर्थ खेर नफाल्न म आग्रह गर्दछु. सरीर अन्नले बनेको नाशवान तत्व हो, तर यो सरीर चलाउने चैतन्य शक्तिको न कुनै जन्म भएको छ नत यसको मृत्यु नै हुन्छ. वल्कि यो आत्माले विभिन्न सरीर धारण गर्दै सांसारिक भोग गर्दछ. तेसैले मित्रहरु, मृत्यु समस्याको समाधान होइन. अज्ञानतामा आफ्नो बहुमूल्य समय खेर नफालउँ. म हरेक परिवारलाई पनि यही सल्लाह दिन चाहन्छु, सृजनाको कदर गर्न सिकौ. जसरी बारीमा पानी एवं मलजलले बिरुवा स्वस्थ रुपमा उम्रन्छ, तेसरी नै मानव जीवनमाँ माया एवं सुविचार जरुरी हुन्छ. कलाको सम्मान गरौँ र करुणाले भरिएको समाज सृजना गरौँ. धन्यवाद.
Read Full Discussion Thread for this article