Posted by: ktmpost January 10, 2017
नेपालीहरुलाई खुशीको खबर: पाँच करोड रुपैयाँमा नेपालबाटै सपरिवारलाई अमेरिकी ग्रीनकार्ड र स्थापित व्यापार
Login in to Rate this Post:     0       ?        

पाँच करोड रुपैयाँमा नेपालबाटै सपरिवारलाई अमेरिकी ग्रीनकार्ड र स्थापित व्यापार

girja-gautam-finalनेपालबाट कोही नेपाली अमेरिका आउन चाहे भने के–के प्रक्रियाहरु छन् ?

साधारणतया अमेरिकाको अध्यागमन कानूनअनुसार ३ वटा ट्र्याक छन् । पहिलो हो, फेमिली ट्र्याक । जुनअन्तर्गत आफ्ना नजिकका नातेदार अमेरिकामा छन् भने उनीहरुले नेपालमा रहेका आफ्नो श्रीमती वा श्रीमान्, छोराछोरी अनि यदि अमेरिकी नागरिक कोही छन् भने उनका बाबुआमालाई समेत स्पोन्सर गरेर ल्याउने चलन छ । दोस्रो, इम्प्लोइमेन्ट ट्र्याक । अमेरिकाबाट कुनै कम्पनीले कामदारका लागि जागिर दिन्छ भने उसका लागि पेटिसन फाइल गरेर केस एप्रुभ भएपछि अमेरिका आएर काम गर्न पाउने गरी आउन सक्छन् । जसअन्तर्गत जागिर दिने कम्पनी चाहियो, जब अफर चाहियो । तेस्रो ट्र्याकचाहिं इन्भेष्टमेन्ट ट्र्याक हो । इन्भेष्टमेन्ट ट्र्याकअन्तर्गत पहिलो चाहिँ नेपालमा स्थापित कम्पनी सञ्चालित छ, साथै त्यो कम्पनीमा कामदारहरु पनि थुप्रै छन्, कारोबार पनि राम्रै छ भने त्यस्ता कम्पनीले अमेरिकामा शाखा खोलेर नेपालमा काम गरिरहेका कामदारलाई अमेरिकामा काम गर्नेगरी एल १ भिसाअन्तर्गत आउन सक्छन् । अर्कोचाहिं लगानी नै गरेर इबी ५ अन्तर्गत अमेरिका आउन सक्छन् ।

‘इबी ५’ के हो ?

इबी ५ अन्तर्गत दुई वटा प्रोभिजन छन् । पहिलोचाहिं साधारणतया १ मिलियन डलर लगानी गर्नुपर्ने भन्ने छ । तर, बेरोजगार दर उच्च भएको अमेरिकाकै अलि दुर्गम क्षेत्रमा लगानी ग¥यो भने ५ लाख अमेरिकी डलर लगानी गरे पुग्छ । तर, जस्ता ठूला शहरमा लगानी गर्ने हो भने १ मिलियन डलर लगानी गर्नुपर्छ ।

५ र १० लाख डलर लगानीबारे अलि प्रष्ट्याइदिनुहुन्छ कि ?

‘इबी ५’को केसमा यहाँको नियमचाहिं साधारणतया १० लाख डलर लगानी गर्नुपर्ने भन्ने हो । तर, यदि त्यो लगानी गर्न लागेको प्रोजेक्टको ठाउँचाहिं राष्ट्रिय बेरोजगार दरको औसत १५० प्रतिशतभन्दा माथि छ भने त्यो ठाउँको प्रोजेक्टका लागि ५ लाख अमेरिकी डलर मात्र लगानी गरे पुग्छ । साथै, जुन ठाउँमा लगानी गर्ने हो, त्यो ठाउँको जनघनत्व २० हजारभन्दा कम व्यक्ति बसोबास गरेको छ भने त्यो ठाउँको प्रोजेक्टका लागि पनि ५ लाख डलर मात्र लगानी गरे पुग्छ ।

लगानी गर्ने प्रोजेक्ट कसरी छनोट गरिन्छ ?

लगानीका लागि प्राथमिकतामा परेको र धेरैले रुचाइएको कम झन्झटिलो तरिका भनेको युनाइटेड स्टेट्स सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिस (युएससीआईएस)ले रिजनल सेन्टर भनेर वर्गीकरण गरेका प्रोजेक्टहरु छन् । जुन प्रोजेक्टमा समूहगत लगानी हुन्छ । रिजनल सेन्टरमा लगानी गरेर इबी ५ अन्तर्गत परिवारसहित ग्रीनकार्ड लिएर अमेरिकामा बसाइँ सर्न सकिन्छ । अर्को आफैंले प्रोजेक्ट छनोट गरेर ‘डाइरेक्ट इन्भेष्टमेन्ट’ गरेर पनि इबी ५ अगाडि बढाउन सकिन्छ ।

रिजनल सेन्टर भनेको चाहिं के हो ?

यो एउटा प्राइभेट कम्पनी हो । यस्ता सेन्टरहरु अमेरिकामा ३ हजारभन्दा बढी छन् । प्राइभेट कम्पनीले आफूलाई रिजनल सेन्टरका रुपमा वर्गीकरण गराउनका लागि इमिग्रेसनमा दर्खास्त दिनुपर्छ । युएससीआईएसले मान्यता दिएपछि मात्र रिजनल सेन्टर हुन्छ । यो ‘फरेन इन्भेष्टमेन्ट’ आकर्षित गर्ने उद्देश्यले डिजाइन गरिएको प्रोजेक्ट हो । जस्तो कि साधारणतया ठूलो प्रोजेक्ट शुरु गर्दा थोरै लगानी आफू गरेर काम शुरु गर्ने, त्यसपछि बैंकबाट ऋण लिने, शेयरहोल्डर नयाँ भित्र्याउने व्यापारको विश्वव्यापी चलन हो । तर, रिजनल सेन्टरको हकमा बैंक ऋणको सट्टा इबी ५ मार्फत अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याएर प्रोजेक्टलाई अगाडि बढाउने हो ।

कति वटा जति रिजनल सेन्टर भरपर्दा छन्, जसमा लगानी गर्न ढुक्क हुने अवस्था छ ?

थुप्रै रिजनल सेन्टरको पृष्ठभूमि राम्रो छैन । ट्र्याक रेकर्ड छैन, तर तीमध्ये अमेरिकामा १० वटा जति रिजनल सेन्टर छन्, जुन चाहिं लामो समयदेखि काम गरिरहेका भरपर्दा छन् । ती प्रोजेक्टमा थुप्रै लगानीकर्ताले लगानी गरेर इबी ५ मार्फत आफू र आफ्नो परिवार ग्रीनकार्डसहित अमेरिका आएर व्यापार गरेर ढुक्क बसेका छन् ।

ती रिजनल सेन्टरहरुले सधैंभरि नै अन्तर्राष्ट्रिय लगानीकर्ता स्वीकार गर्छन् कि प्रोजेक्टको चुक्ता पूँजी पूरा भएपछि लिंदैनन् ?

उनीहरुसँग प्रायः सधैं पाइपलाइनमा नयाँ प्रोजेक्ट हुन्छ । उनीहरुलाई एउटै प्रोजेक्टका लागि ३० देखि डेढ सय, दुई सयसम्म लगानीकर्ता आवश्यक हुन्छ ।

रिजनल सेन्टरमा लगानी गर्दा र आफैं प्रोजेक्ट छनोट गरेर लगानी गर्दाका चुनौती के छ ?

आफैं प्रोजेक्ट छनोट गरेर लगानी गर्दाको चुनौती धेरै छन् । विदेशमा बस्ने मान्छेले आफैं प्रोजेक्ट छनोट गरेर यहाँ आई नयाँ व्यापार शुरु गरेर काम गर्दा निश्चय नै केही अप्ठेरो परिहाल्छ । त्यसको अलावा त्यही लगानी गरेको व्यापारअन्तर्गत १० जना अमेरिकनलाई दुई वर्षभित्र फूलटाइम जागिर दिनै पर्ने बाध्यकारी व्यवस्था छ । त्यो पनि आफ्नो परिवारका मान्छेलाई जागिर दिएर हुँदैन । आफैंले प्रोजेक्ट छानेर लगानी गर्दा यो १० जनालाई जागिर दिने काम चुनौतीपूर्ण छ । तर, रिजनल सेन्टरको लगानीमा भने यस्ता झन्झट हुँदैन । किनकि रिजनल सेन्टरले प्रोजेक्ट गर्दा यहाँको कानून, रिक्वायरमेन्ट सबै बुझेका हुन्छन् । त्यो सबै प्रक्रिया मिलाउने काम सेन्टरले गरिसकेको हुँदा अन्तर्राष्ट्रिय लगानीकर्तालाई त्यो कुनै चुनौती सामना गर्नुपर्दैन । व्यक्तिले सिधा आफैंले प्रोजेक्ट छनोट गरेर लगानी गर्दा दुर्गम ठाउँमा लगानी गर्न गाह्रो मान्छन्, त्यहाँ व्यापार नचल्ने डर पनि हुन्छ । व्यापार नचल्ने भयले ठूला शहरमा लगानी गर्न जाँदा १ मिलियन डलर लगानी गर्नुपर्ने व्यवस्था छ । तर, रिजनल सेन्टरले ठूल्ठूला प्रोजेक्ट गर्ने हुँदा उनीहरुलाई स्थानले त्यति प्रभाव पार्दैन । त्यहाँ लगानी गर्दा पाँच लाख डलर मात्र लगानी गर्छु भने पनि हुन्छ ।

नेपालबाट लगानी गर्न इच्छुक व्यक्तिले कसरी शुरु गर्ने ?

जसलाई अमेरिकामा इबी ५ इन्भेष्टमा इच्छा छ, उसले पहिलो इन्भेष्ट कहाँ गर्ने प्रोजेक्ट छनोट गर्नुप¥यो । अमेरिकामा भएका रिजनल सेन्टरहरुमध्ये सबैभन्दा राम्रा, भरपर्दा रिजनल सेन्टर खोज्नुप¥यो । इतिहास राम्रा भएका, ट्र्याक रेकर्ड राम्रा भएका प्रोजेक्ट ‘पिक’ गर्नुप¥यो । दोस्रो कुरा, त्यो लगानी गर्ने व्यक्तिले ५ लाख डलर होस् वा १० लाख त्यो पैसा कसरी कमाएको हो, त्यसको आधिकारिक स्रोत देखाउनुपर्ने हुन्छ । यदि कसैको पैत्रिक सम्पत्ति बेचेर जम्मा गरेको पैसा छ भने ती सबै कानूनसम्मत ठहरिन्छन् । ५ लाख वा १० लाख जति लगानी गरे पनि रिजनल सेन्टरहरुले लगानीबाहेक एक पटक लगभग ४० हजार अमेरिकी डलर जति प्रशासनिक खर्च पनि लिन्छ । त्यो प्रशासनिक खर्चवापत लिएको रकम लगानीमा गणना हुँदैन ।

प्रोजेक्टमा लगानीपछि इबी ५ मार्फत लगानी गर्नेलाई शेयर दिने व्यवस्था के हुन्छ ?

प्रोजेक्टको कुल लगानीमा व्यक्तिले गरेको लगानी कति हुन जान्छ, त्यति प्रतिशत शेयर अन्तर्राष्ट्रिय लगानीकर्ताले पाउँछ ।

लगानी डुब्ने सम्भावना कतिको हुन्छ ?

अमेरिकाको कानूनले लगानीकर्ताको लगानी डुब्दैन, सबै फिर्ता आउँछ भनेर कहीँकतै लेखेको छैन । यो ग्यारेन्टी गर्न पनि पाइँदैन । तर, गुडफेथ इस्टिमेटअनुसार प्रायजसो रिजनल सेन्टरले पाँच वर्षमा पैसा फर्काउने प्रावधान छन् ।

कति समय लाग्छ, इबी ५ मार्फत अमेरिका आउन ?

पहिलो स्टेपका लागि १५ महिना लाग्छ । त्यसपछि भिसा लिन अर्को ६ महिना लाग्छ ।

प्रोजेक्ट छनोट गर्नुप¥यो भने तपाईंले मद्दत गर्न सक्नुहुन्छ ?

इनफर्मल इनफर्मेसन शेयर गर्न सक्छौं । त्यसका लागि इबी ५ काम गर्ने वकिल छनोट गर्नुप¥यो, त्यहींबाट यो काम शुरु हुन्छ । जस्तो म स्वयम् इबी ५ लयरको हैसियतमा भन्छु– लगानी गर्ने पैसा कानूनीरुपमा कमाएको हो कि होइन, त्यसलाई पुष्टि गर्ने सूचना माग्छु । यदि लगानी गर्ने सम्पत्तिको कानूनी स्रोत ठीक छ भने प्रक्रिया शुरु हुन्छ । लगानी गर्नका लागि प्रोजेक्टको छनोट कसरी गर्ने र कहाँबाट गर्ने भन्नेबारेमा विस्तृत छलफल आवश्यक हुन्छ । त्यसका लागि कुन प्रक्रियामा जाने र कसरी शुरु गर्ने भन्ने म उचित परामर्श दिन तयार छु ।

(गिरिजाप्रसाद गौतम न्यूयोर्कस्थित अनुभवी इमिग्रेसन एटर्नी हुन् । उनी इबी ५ सम्बन्धी कामहरु गर्छन् । उनको ल फर्मले इमिग्रेसनसम्बन्धी विभिन्न विषयमा प्रतिनिधित्व गर्ने गरेको छ । इन्भेष्टमेन्टसम्बन्धी इमिग्रेसन कानूनको विषयमा उनलाई विशेष रुची भएको उनीसँगको कुराकानीमा बताएका छन्)

http://vishwanews.com/2016/12/19756/

Last edited: 10-Jan-17 10:45 AM
Read Full Discussion Thread for this article