Posted by: Raam Raam January 5, 2017
Nepali passport Form अब मोबाइल एप्सबाटै भर्न सकिने, के छन् त प्रक्रिया?
Login in to Rate this Post:     0       ?        
 २०७३-०९-१९ मा प्रकाशित      ११३८ पटक पढिएको     ० बिचार / प्रतिक्रिया

एप्पलको आइओएस र एण्ड्रोइड मोबाइलबाट सजिलै भर्न सकिने

राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने, के छन् त प्रक्रिया?

पुस १९, काठमाडौं  । नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ ।

चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एण्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ सेवाको मङ्गलवार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुरू गरे ।

राहदानी शूल्क, तस्वीर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले भौतिक रुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । राहदानी लिन चाहनेले ती दस्ताबेजबाहेक अन्य सबै काम एप्सबाटै गर्न र हेर्न सक्नेछन् । राहदानीका निम्ति प्रत्यक्ष दर्ता प्रणालीमा जानुपूर्व सेवाग्राहीले त्यसो गर्नुपर्नेछ ।
एप्स प्रणालीको उपयोग गर्दा कम्प्युटरबाट मात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने छ भने रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् ।

उक्त बारकोड लिएर सेवाग्राही राहदानी शूल्क, तस्वीर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जान सक्नेछन् । पहिलो चरणमा विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै विभागमा गरेको छ ।सेवाग्राहीले आफ्नो मोबाइलका ब्उउ क्तयचभरएबिथ कतयचभ मा गई लभउबउिबककउयचत खोजेर उक्त एप्स डाउनलोड मयधलयिबम गर्न सक्नेछन् । त्यस अवसरमा मन्त्री महतले अत्याधुनिक प्रविधिको उपयोग गरी सेवाग्राहीलाई सरल एवम् सहज ढङ्गले द्रुतगतिमा सेवा प्रवाह गर्न सरकार क्रियाशील रहेको बताउँदै एप्सको शुरुवात पनि त्यसैको परिणाम हो भने । सबै सरकारी निकायले पनि यस्तो प्रविधि प्रयोग गरुन र त्यसको अनुशरण होस् भन्ने परराष्ट्र मन्त्रालयको चाहना रहेको उनले बताए । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जनमुखी सेवालाई मन्त्रालयले जोड दिएको बताउँदै भविष्यमा एप्स सेवालाई देशभर लागू गर्ने योजना सुनाए ।

विभागका महानिर्देशक सुशीलकुमार लम्सालले आफ्नो सेवा प्रवाहमा निरन्तर सुधारको प्रयास स्वरुप विभागले एप्स सेवा शुरू गरेको बताए । रासस

Read Full Discussion Thread for this article