Posted by: ktmpost December 21, 2016
लोकप्रिय गायक बिपुल क्षेत्रीमाथी चोरीको अाराेप : अाखिर कस्काे गित चाेरियाे?
Login in to Rate this Post:     0       ?        

इटहरी । सुन्दा अचम्म लाग्न सक्ला कि एक प्रशिद्ध गायक तथा अहिलेका युवायुवतीहरूकाे ढुकढुकीमा बस्न सफल  भारतको दार्जिलिङ निबासी नेपालीभाषी गायक बिपुल क्षेत्रीले कुनै जमानाकाे एक गित हुबहु चाेरी गरेर गाए भन्दा ! तर याे सत्य सावित हुन गएकाे छ । नेपालकाे पुराना गायक , रच्नाकार एवम संगितकार गंगा बरदानले अर्का प्रशिद्ध गायक बिपुल क्षेत्रीमाथी  अाफ्नाे गित चाेरी भएकाे गम्भिर अाराेप लगाएका हुन्।  लाखाैं नेपालीहरूकाे मनकाे ढुकढुकी बनीसकेका दार्जेलिङ निवासी नेपाली भाषी गायक बिपुल बिरूद्ध कानुनी मुद्धा लडने या अापसी सहमतीमा कुरा मिलाउने भन्ने दाेधारमा रहेका छन पुराना गायक गंगा बरदान । 

पछिल्लोे समय चर्चित बनेका भारतको दार्जिलिङ निबासी नेपालीभाषी गायक बिपुल क्षेत्रीमाथी पुराना गायक,रचनाकार तथा संगितकार गंगा बरदान (मास्के) ले आफनो गित चोरी गरेको गम्भिर आरोप लगाएका छन । सुनसरीको धरानस्थित बिजयपुरका बासिन्दा बरदानले मंगलबार आफ्नै निबासमा पुर्वेली न्युजसँग कुराकानी गर्दै आफनौ ३८ बर्ष पुरानो गित कहाँमा काटयो, बेतको लौरी नामको गित चोरी गरी आफनो भन्दै गाएर युटयुवमा समेत राखेको र सो गितका बारेमा आफुलाई एक शब्द पनि नसोधेको भन्दै गम्भिर आपत्ति जनाएका छन ।

बि.स २०३५ सालमा रेडियो नेपालमा रेकर्ड भएको बरदानको सो गित केही समयदेखि क्षेत्रीले आफनो दाबी गर्दै गाउँदै आएका छन । केही समयअघि आफनी श्रीमती र साथीभाईले तपाईको गित चोरेर बिपुलले गायो भनेपनि आफु सामाजिक सञ्जालबाट टाढा रहेका कारण थाहा नभएको र केहीदिन अघिमात्र अरुमार्फत सो गित युटयुबमा बिपुलको नाममा देखेपछि आफनो रचना,संगित र स्वर चोरिएकोमा दुःख लागेको उनले गुनासो गरेका छन ।

उनले आफनो गित चोरिएको थाहा पाएपछि बिपुललाई पटक पटक फोन सम्पर्क गरेपनि उनी सम्पर्कमा नआएको दाबी गरेका छन । एकसाता अघि इटहरीमा आएका क्षेत्रीलाई भेटन पटक पटक प्रयास गर्दा पनि उनी सँग भेट हुन नसकेपछि आफु बिक्षिप्त बनेको बताएका छन । अर्काको गित चोरेर हिट हुनुअघि एकचोटी त्यसका सर्जक सँग सोधिदिएको भए मेरो पनि त मन रहन्थ्यो भावुक हुँदै बरदानले गुनासो पोखे ।

बरदानले आफना दर्जनौ गितहरु र त्यसका भाकाहरु चोरेर धेरैजना गायक भएको समेत गुनासो पोखे भोजपुरको दिङलामा २००९ सालमा जन्मिएका बरदान २०३५ सालदेखि गायन, रचना,र संगितमा क्रियाशिल रहेका छन । उनका ४ वटा एल्बम बजारमा आएका छन भने केही गित रेकर्डिङ भईरहेका छन । उनी सँगको भिडियो अन्तरबार्ता पुर्वेली न्युज सँग सुरक्षित रहेको छ ।

बिपुल क्षेत्रीले गाएकाे याे गीत

https://www.youtube.com/watch?v=5MkFwFvhAZI


गंगा बरदानकाे माैलिक गीत

https://www.youtube.com/watch?v=sVI66luv5zc

 

कहाँ के गर्दैछन गायक गंगा बरदान ?

Last edited: 21-Dec-16 11:57 AM
Last edited: 21-Dec-16 12:02 PM
Read Full Discussion Thread for this article