Posted by: undefined December 16, 2016
Login in to Rate this Post:
0
?
काठमाडौं, पुस २ – काठमाडौंको दक्षिणकालीमा विद्यार्थी चढेको गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।
वनभोजको लागि गएको ललितपुर जावलाखेलको क्यारेबियन स्कुलका विद्यार्थी चढेको बा २ ख ६९२२ नम्बरको गाडी दक्षिणकाली नगरपालिका–११ लामागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेको पहिचान भएको छैन । अहिले उद्धारको काम चलिरहेको छ । गाडी सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।