Posted by: instagrem December 11, 2016
सपनामा नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । के भएको होला ?
Login in to Rate this Post:     0       ?        
म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर हप्ताको एक–दुई पटकजस्तो स्वप्नदोष हुन्छ । सपनामा आफूले चिनेका अनि नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । भोलिपल्ट सपनाका कारण मनमा छटपटी हुन्छ । यस्तो समस्या किन हुन्छ ? यस्तो समस्या यौन क्रियाकलाप नभएका कारणले हुन्छ वा मेरो जस्तो उमेरमा सबैलाई हुन्छ अथवा ममा कुनै मनोवैज्ञानिक असरका कारण यस्तो भएको हो ?
Read Full Discussion Thread for this article