Posted by: Mrigtrishna November 22, 2016
जन्मदाता?
Login in to Rate this Post:     5       ?         Liked by
आँफु खुशी म मरे भोली रुन्छौ कि नाइँ बा !
बलिन्धरा आँशु ले पिडा धुन्छौ कि नाइँ बा !

सम्हालिएर आँफु, आमालाई सम्हाल्नु पर्दा
कांपेका हातले मुहार मेरो छुन्छौ कि नाइँ बा !

सुनिदिएन कसैले हिजो म चिच्याएँ कति कति
मौनतमा म चिच्याए भोलि सुन्छौ कि नाइँ बा !

रोला भाई बार्दलीमा सोध्ला नानी काँ गै भनी
लुकाई गल्ती काहानी नयाँ बुन्छौ कि नाइँ बा !

सजाय तिम्लाई दिने निहुमा आँफै गल्ति गरेँ भने
पछुतो मानी नयाँ बाटो अब चुन्छौ कि नाइँ बा !
Read Full Discussion Thread for this article