Posted by: ktmpost November 7, 2016
छोरा बुहारी भेट्न अमेरिका जाँदा भएको दुर्घटनामा चार जनाको मृत्यु
Login in to Rate this Post:     0       ?        

पोखरा–अमेरिकामा रहेका छोराबुहारी भेट्न जाँदा भएको कार दुर्घटनामा परी गुल्मी पिपलधारा–७ कटौंजेका तीनसहित चारजनाको ज्यान गएको छ। गत शुक्रबार राति ९ बजे (स्थानीय समय अनुसार) अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटना भएको थियो। दुर्घटनामा परेर कटौजेका चिरञ्जिवी खनाल, उनकी श्रीमती श्यामामञ्जरी खनाल, बुहारी ऋचा खनाल र अर्की एक युवती प्रतिमा सुवेदीको ज्यान गएको हो।

प्रतिमा चिरञ्जिवीका छोरा समिरकी साथी हुन् । आफन्तकोमा तिहारको टीका लगाएर घर फर्कँदै गर्दा उनीहरु सवार कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर खनालका छोराहरु समिर र सुवास घाइते भएका छन्।

 

‘केहीवर्ष पहिले नै गाउँको बसाई छाडेपनि एकैपरिवारका तीनसहित चारजनाको ज्यान गएपछि गाउँमा शून्यता छ,’ उनले भने, ‘छोराबुहारीसँग घुम्न पुगेका अभिभावकले ज्यान गुमाउनुपर्यो । साहै्र दुखद घटना भयो ।’

गाडीको पछाडि सिटमा बसेका चारैजनाको घटनास्थलमै ज्यान गएको आफन्त नारायण भट्टराइले जानकारी दिए। उनका अनुसार समिर र सुवासको उपचार भइरहेको छ। समिरको मेरुदण्डमा चोट लागेको छ भने सुवासको खुट्टा भाँच्चिएको छ। सुवासलाई ६८ र समीरलाई केही हप्ता आराम गर्न चिकित्सकले सुझाएका छन्।

मालबाहक ट्रकसँग ठोक्किएर दुर्घटना भएको भट्टराइले जानकारी दिए । उनका अनुसार समिरले यूनिभर्सिटी अफ जर्जियामा पिएचडी गर्दै थिए। अर्का छोरा सुवास चिकित्सक पढ्दै थिए। मृतकहरुको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। शव नेपाल ल्याउने वा अमेरिकामै अन्त्येष्टि गर्ने भन्ने यकिन नभइसकेको भट्टराइले जानकारी दिए।

चिरञ्जिवी खनाल सरकारका निवृत्त कर्मचारी हुन्। गुल्मी पिपलधारा घर भएका खनाल परिवार कपिलबस्तु हुँदै काठमाडौंको अनामनगर बसाई सरेका थिए। खनाल दम्पत्ति दशैंअघि घुम्न भन्दै अमेरिका गएका थिए। छोराबुहारीलाई भेट्न भन्दै उनीहरु अमेरिका गएका थिए।

एकैपरिवारका तीनसहित चारजनाको मृत्यु भएपछि उनको पुख्र्यौली गाउँ गुल्मीको पिपलधारास्थित कटौजे गाउँ शोकमा डुबेको छ। खनालका अधिकांश दाजुभाई अहिले पनि कटौजेमै छन्। कटौजेमा रहेका आफन्त शिवहरी खनालका अनुसार एकैपरिवारका तीनजनाको ज्यान गएपछि गाउँ शोकमा छ । ‘केहीवर्ष पहिले नै गाउँको बसाई छाडेपनि एकैपरिवारका तीनसहित चारजनाको ज्यान गएपछि गाउँमा शून्यता छ,’ उनले भने, ‘छोराबुहारीसँग घुम्न पुगेका अभिभावकले ज्यान गुमाउनुपर्यो । साहै्र दुखद घटना भयो ।’

http://www.nagariknews.com/news/8450

Read Full Discussion Thread for this article