Posted by: magorkhe1 November 3, 2016
च्युरा र मधुमेह( Diabetic )
Login in to Rate this Post:     0       ?        
Follow -up च्युरा र मधुमेह ( Looks it is helping and may be switching to boiled rice)

तिहार सकिए पनि तिहारको पकवान हिजो च्युरा संग खाइयो | बिहानै उठे पछि सबै भन्दा पहिलो काम sugar नाप्ने काम गरियो | आजको रिजल्ट पनि उत्तम थियो , Sugar -119 मात्रै  | श्रीमतीजीले सोधिन सुगर टेस्ट गर्यौ कति रहेछ ? रिजल्ट सुने पछि बल्ल उनको मुखारबिन्द बाट उसिना चामल किनेर ल्याउनु पर्ला ?  उसिना चामल भनेको कामदार हरुले खाने अन्न हो भन्ने आम सोचाइ मेरो घरमा पनि थियो र छ | उनलाई थाहा नभाको कुरा होईन ( boiled rice will help ) तर यो मामलामा उनि ट्रंप मार्का भन्दा तलकि छैनन् |

ऋणम कृत्वा सुखम जिबेत , यावत जिबेत जीबेत शुखम जिबेत 
सदा सर्भादा बासमती ओदनम भक्षणम ........
भस्मी भुतस्य पुनरागमो कुतम ..............

 तेसो भए अब उसिना चामल किनेर ल्याउनु पर्ला भन्ने महान बाणी सुन्दा पश्चिम बाट घाम झुल्किएको त हैन जस्तो भै झन्डै झ्याल बाट चिहाउन पुगेको ? तिहार अघि मात्र Costco बाट ल्याएको २० पाउण्ड्को बासमती चामल एक जनाले मात्र खादा एक बर्साई पुग्ला अनि एक बर्समा त हस्की ( goes bad ) सक्छ | के गर्ने भनि सोच्दै थिए बिज्ञापन मा देखे झैँ Air Tight Seal गर्यो भने रहला नि लामो समय सम्म ?
Last edited: 03-Nov-16 10:39 PM
Read Full Discussion Thread for this article