Posted by: Aatit Sharma November 3, 2016
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Login in to Rate this Post:     0       ?        
हिन्दु यसकारण हुदैछ क्रीस्चियन ।

येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”

निकोदेमसले भने, “एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?”

तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ। तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।”

निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?”

येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।

पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने? मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।

“मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ। त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।”

हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो।

जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन।

मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन।

किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।
Read Full Discussion Thread for this article