Posted by: Aatit Sharma November 1, 2016
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Login in to Rate this Post:     0       ?        
प्रश्न उठ्ने गर्छ कि बिदेशी क्रीस्चियनले चै टीका लगाउँदा हुन्छ, होलि मनाउँदा हुन्छ बाराक ओबामाले दिपावली मनाउँदा हुन्छ बिदेशी तरुनीहरुले छोटा छोटा लुगा लगाउँदा हुन्छ तर नेपाली क्रीस्चियनहरु चै यी सब कुरा देखि अलग बसेर नौटङ्की देखाउने गर्छन् ।। हाम्रो नेपाली समाजमा भ्रम यो छ कि बिदेशी भन्नासाथ क्रीस्चियन भनिठान्छन् । यहि गलत बुझाईको कारण धर्म पनि देश अनि बिदेशको भनेर दुईभाग लगाउँछ्न्। जन्नुपर्ने कुरा चै यो हो कि सबै बिदेशी क्रीस्चियन हुदैनन् (सबै टल्कने सुन हुदैन) भने झै सबै क्रीस्चियन - क्रीस्चियन हुदैनन् । बाइबल अनुसारको जीवन जिउने मानिस मात्रै असली क्रीस्चियन हो। त्यो के बिदेशी के नेपाली जो पनि हुन सक्छ। क्रीस्चियन हुँ त भन्छ तर बाइबलको आज्ञा पालन गर्दैन भने त्यो त देखावटी मात्र हो।

Read Full Discussion Thread for this article