Posted by: ThahaChaena October 26, 2016
उस्तै उस्तै हामी
Login in to Rate this Post:     1       ?         Liked by
मृगतृष्णाजी, 

 गजल मिठो छ , तर उत्कृष्ट चाही म भन्दिन . 

 तपाईका पहिलेका गजल यो भन्दा उच्चकोटीका रहेका छन् झैँ लाग्यो है मलाइ चाही. यस गजल मा चौथो शेरको काफिया अलिक के नमिलेको जस्तो लाग्यो . "तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।। " - तिम्लाई लजाएर लागे = लजाएर लग्न मिल्छ र ? भाव पोख्न खोजेको बुझें तर शब्दसंरचना पो नमिलेको हो कि भन्ने भान भयो . 

यसो गर्दा कसो होला 
 रोए बा आमा मेरा झर्को लाग्दै थियो अब 
 तिम्रा आए साथी तिम्लाई रिझाएर लगे ।। 

 मेरो एक शेर थप्न अनुमति चाहें : 
खुसिका नवपालुवा सदा तिमीलाई भयो 
 यहाँ निमोठिएको गुलाब वरिपरि चढाएर गए 

गलत रहेछु भने अन्यथा नलिनु होला के गर्नु आफलाई त धेरै कुरा "थाहा छैन" .

-थाहा छैन
Last edited: 26-Oct-16 10:11 AM
Read Full Discussion Thread for this article