Posted by: Mrigtrishna October 3, 2016
मेरो असफल गुरु तिमी
Login in to Rate this Post:     3       ?         Liked by


आफ्नो जस्तै निष्ठुरी किन बानि सिकाएनौ ।।
किन तिम्ले गरेजस्तै मलाई हानी सिकाएनौ ।।

तिम्रो याद दिन रात आइरहन्छ, किन यहाँ
लाग्छ यिनलाई तिमिले बैमानी सिकाएनौ ।।

सितल मात्र परिभाशा दियोउ सधै किन
मन उम्लेर पोखिन्छ आँखाका पानी सिकाएनौ ।।

गल्ति ठुलै गरे माया गरेर तिमीलाई मैले
रित्तिन्न मुटु झुकेर मायाको खानि सिकाएनौ ।।

जिउने तिमि बिना म उपाए खोजि डुलिरहे
थाथ्यो तिम्लाई तर तिमि जानी जानी सिकाएनौ ।।
Last edited: 03-Oct-16 12:10 AM
Read Full Discussion Thread for this article