Posted by: Mrigtrishna September 30, 2016
अनभिज्ञ तिमी
Login in to Rate this Post:     5       ?         Liked by
सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।।
तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।।

जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो
यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।।

आँखा अघि नपाउदाँ भौतरिन्थे, तर अचेल
तिमी भेट्न आफ्नै मन छुँदा थाहा पायौ कि नाई ।।

शर्त राख्यौ टाढिने निँहुमा, चुँकौला मा कतै भनी
पुरा गँरे शर्तका ती बुँदा थाहा पायौ कि नाई ।।

मान्छे आफ्नै थिए तिम्रा, भगवान आफ्नै बनाएछौ
मेरा कुरा सुन्दैनन खुदा थाहा पायौ कि नाई ।।
Read Full Discussion Thread for this article