Posted by: ujl September 27, 2016
बिचको जीवन
Login in to Rate this Post:     1       ?         Liked by
हिजो म काँहा थिए?
भोलि म काँहा हुनेछु?
जन्म मृत्यु बिचको यो जीवन,
आखिरमा हो के?
कसले रच्यो मलाई?
किन रच्यो मलाई?
बिचको यो अस्तित्व,
आखिरमा हो के?
सुरुवातमा म थिएन
अन्त्यमा म हुदिन
बिचको यो जीवन,
आखिरमा हो के?
एकछिनमा सपना देख्छु
एकछिनमै बिपनामा हुन्छु
सपना बिपनाको बिचमा,
आखिरमा छ के?



Read Full Discussion Thread for this article