Posted by: BibeksheelNepali September 26, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     2       ?         Liked by
@RahulVai
१. पहिलो कुरो त साझा डट कम राजनैतिक मंच हैन, अनलाइन अखबार वा ब्लग हैन , यसमा बिबेकशील होस् या अबिबेकशील राजनैतिक दलको सूचना पाटी , होर्डिंग बोर्ड बनाउन मिल्दैन | यस कुराको घोर बिरोध गर्दछु |
- धन्यवाद! पोस्ट को उद्देश्य राजनैतिक प्रचार होइन, अमेरिकामा नेपालीहरु को सबैभन्दा रुचाइएको साइट भएकोले साझा.कम मार्फत हाम्रो राजनैतिक यात्राको बारेमा अवगत मात्रै गराएका हौ ! राजनैतिक प्रचारबाजी तब हुन्थ्यो जब साझा.कम मा विवेकशील नेपाली दल को ब्यान्नर फलोट गरिन्थ्यो ! हाम्रो यो सानो पोष्ट सुचनामुलक भएको प्रष्टै देखिन्छ, न कि नया शक्तिझैँ ९ वटा राष्ट्रिय दैनिक खरिद गर्दै निस्पक्ष्य प्रेसको धज्जी उडाउदै प्रचारबाजी गरेको जस्तो ! राहुल जी, विवेक हजुर मा समेत त्यति नै छ जति हामि सबैमा , कहिले जगाउने? अझै के कुर्ने? के गरे हजुर जस्तो बिज्ञको सहयोग र साथ् पाइन्छ?

२. दोस्रो कुरा भोली अरु कुनै राजनैतिक पार्टीले यहि मंच प्रयोग गरेर बिज्ञापन गर्यो भने ठाउँ दिन सकिन्छ कि सकिन्दैन ? - साझा.कम व्यवसायिक साइट हो, वाक स्वतन्त्रताको बेजोड नमुना समेत हो ! बाकि साइट प्रशाषककै तजबिजमा भर पर्ला ! बिज्ञापन गर्न आपत्तिजनक नहुनुपर्ने हो !

३. बिबेकशीलका अनेक बिबेकशील अबिबेकशील कार्यक्रमको छलफल गर्न सकिएला तर प्रचार चाहि हैन | - सूचना सम्प्रेषण हो, प्रचार होइन! प्रचार गर्न साझा.कम संग व्यवसायिक रुप मा सम्बन्धन गर्नु पर्ने हुन्छ ! त्येइ भएर पनि एउटा धागो मात्रै सुरु गरियो :)

४. डाक्टर केसीको लोकमान र स्वास्थ बेथितिको बिरोध कार्यक्रममा कुनै राजनैतिक आस्थाले जनलहर ल्याको होइन , बिबेकशील पार्टीका हनुमानहरु हैनन् , बिबेकशील नेपाली जनहरु आएका हुन् | पुरै कार्यक्रम हाइज्याक गर्ने दुस्प्रयास गरिएको देखियो र अन्तिम कार्यक्रम मा धेरैले बिरोध जनाए पछि झण्डा र लोगो लुकाएर राम्रो काम गरेको देखियो | - डा के.सी. अभियान विवेकशील नेपाली पार्टी भन्दा धेरै ठुलो छ ! यो अभियान ३ करोड नेपालीको स्वास्थ अधिकार संग सम्बन्धित छ! विवेकशील नेपाली दल ३ करोड नेपालीको राजनैतिक अधिकार संग समबन्धित छ ! डा के.सी. अभियान मा ५० भन्दा बढी संघ संस्था बिज्ञ अभियन्ता अधिकारकर्मी प्रेस लगायतको अलायन्स छ ! यद्दपी मुसलधारे पानि मा प्रदर्शन गर्दा, माग हरुको बारेमा सडक तताउदा, अनसनस्थलमा स्वयंसेवक आवस्यक पर्दा डा के. सी. अभियानमा हाम्रा सदस्यहरु स्वस्फुर्त रुपमा डटेर खटिरहनु हुन्छ ! हाम्रो भिजिबिलिटि त्येइ भएर पनि बढि देखिएको हो कि? अभियानमा के कसरि कुन उपायले उपत्यकाका मात्रै होइन, देश भरिका स्वस्थ अधिकार उपभोक्ताहरु लाइ जगाउन सकिन्छ? अझै, डा के.सी. को नवौ अनसन आज सुरु भयो ! मुख्य माग अदु अ आ प्रमुख आयुक्त लोक मन सिंह कार्की लाइ संसद मा मह अभियोग लगाउने हो, बिगत क ८ अनसन सम्झौता कार्यन्ब्यन गराउने हो, प्रतिबद्धता मात्रै होइन ! स्वस्थ मन्त्रि गगन थापा माथि जिम्मेवारी छ उहाको माग सम्बोधन गर्ने, कार्यन्ब्यन गर्ने र एक पटक विवेकशील युवा नेतृत्व को नमुना देखाउने !
Read Full Discussion Thread for this article