Posted by: sidhasojhoketo September 25, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     3       ?         Liked by
म हिजोको कार्यक्रममा गएर केही कुरा सुनेँ बुझेँ । मेरो पनि तपाईँकै जस्तो प्रश्नहरू थियो मनमा । यसको उज्वल दाईले चित्तबुझ्धो (at least to me) उत्तर दिनुभयो ।
1. सहर बजारमा मात्र केद्रित भयो, गाउँकाले फेसबुक चलाउँदैनन्
पहिलो कुरा त, नेपालमा cellphone penetration एकदम High भैसक्यो । (https://thehimalayantimes.com/business/countrys-telephone-penetration-crossed-100pc-telecom-regulator/)
अनि, अधिकान्सको, at least young generation काले facebook, twitter चल्ने मोबाइल बोक्न थालेका छन् । अनि आर्को कुरा 3/4 of Nepalese are under 35 (or maybe 40) years. (http://www.indexmundi.com/nepal/age_structure.html) (Very good news for the future on itself)
All this points Facebook isn't that much inaccessible really.
But, that is a secondary point.
The primary point: सबै राजनैतिक दलहरूको सुरूवात केही Base बाट हुन्छ । एमालेको झापा, माओवादीको दुर्गम रोल्पा, काङ्क्रेसको कुन्नी काँ हो । विवेकशील नेपालीको चाहिँ शहरी युवाहरू नै Base हो । भन्न खोजेको, Base बलियो बनाउनु पर्छ पहिला, अनि त्यही Base को आधार लिएर फैलिने हो । अहिलेनै धेरै फैलिने प्रयास गर्यो भने, न यता न उता त्यसै बिलाउन सक्छ । अहिले नै विवेकशील सँग पुरै नेपाल फैलिने जनशक्ती छैन त्यसैले आफ्ने राम्रो दख्खल भएको झेत्रलाई बलियो बनाउने प्रयास हुँदैछ । आउनुहोस्, हातेमालो गरौं, अनि हामी चाँडै फैलिन सक्छैं ।

2. समाजिक संस्था हो कि पार्टी ?
Most asked Question हो रे यो । कहिले बाटो सफा गर्या छ, कहिले हस्पिटलमा गएर सहयोग गर्या छ, कहिले भूकम्प पीडीतलाई राहत बाँड्न हिँड्या छ । यसमा उज्जवल दाईको ठ्याक्कैको Answer चाहिँ याद भएन, तर उज्जवल दाईको कुरा mix गरेर मैले नै दिएको उत्तरः
नेपालमा राजनीतिलाई नै मान्छेहरूले पेषा बनाएका छन् । पारदर्शीता शुन्य छ । नैतिकता हराएको छ । तर भाषण र राजनैतीक विचार भने ठूला ठूला छन् । End Goal मा मात्र फोकस भयो, तर सही Process (Transparency, volunterism, Ethics) भएन भने न त्यो Goal मा कहिले पुग्न सकिन्छ, न त देशले राजनैतीक फोहरी खेलबाट छुटकारा पाउँछ । र त्यही राम्रो राजनैतीक व्यवहार वसाल्न Lead By example हो । विकल्प कुर्दै बस्ने (आफू सत्तामा पुग्छु अनि राम्रो नीति ल्याएर शहर सफा राख्छु, यातायात व्यवस्थीत गर्छु, वा कोही राम्रो व्यक्ती सत्तामा पुग्ला अनी यो काम गरिदेला) कि आजै, आफैंबाट जती सकिन्छ गर्न थाल्ने हो ? मान्छेहरूमा गरौं, गर्न सकिन्छ भन्ने भावना पनि विकास गर्नु पर्यो नी । एउटा काम गर्यो भने आर्को काम गर्न नसकिने हो र ? राजनैतीक परिवर्तनको लागि लड्नु पर्छ, लैड्दैछौं, तर In the meantime there is so much that can be done, and should be done.
TLDR; किन राजनैतीक पार्टीले सामाजीक काम गर्नु हुन्न ? झन प्रोत्साहन पो गर्नु पर्छ ।
Read Full Discussion Thread for this article