Posted by: Rahuldai September 23, 2016
विवेकशील नेपाली दलका उज्वल थापा र डा. अनुसा थापालाई भेट्नुहोश
Login in to Rate this Post:     3       ?         Liked by
१. पहिलो कुरो त साझा डट कम राजनैतिक मंच हैन, अनलाइन अखबार वा ब्लग हैन , यसमा बिबेकशील होस् या अबिबेकशील राजनैतिक दलको सूचना पाटी , होर्डिंग बोर्ड बनाउन मिल्दैन | यस कुराको घोर बिरोध गर्दछु |

२. दोस्रो कुरा भोली अरु कुनै राजनैतिक पार्टीले यहि मंच प्रयोग गरेर बिज्ञापन गर्यो भने ठाउँ दिन सकिन्छ कि सकिन्दैन ?

३. बिबेकशीलका अनेक बिबेकशील अबिबेकशील कार्यक्रमको छलफल गर्न सकिएला तर प्रचार चाहि हैन |

४. डाक्टर केसीको लोकमान र स्वास्थ बेथितिको बिरोध कार्यक्रममा कुनै राजनैतिक आस्थाले जनलहर ल्याको होइन , बिबेकशील पार्टीका हनुमानहरु हैनन् , बिबेकशील नेपाली जनहरु आएका हुन् | पुरै कार्यक्रम हाइज्याक गर्ने दुस्प्रयास गरिएको देखियो र अन्तिम कार्यक्रम मा धेरैले बिरोध जनाए पछि झण्डा र लोगो लुकाएर राम्रो काम गरेको देखियो |
Read Full Discussion Thread for this article