Posted by: magorkhe1 September 16, 2016
KAKAKO BHANJI
Login in to Rate this Post:     0       ?        
लौ हासो गरौ है !
एक पल्ट म कसैलाई भेट्न गएको बेला कुरै कुरामा को को बस्छौ डेरामा भन्ने सोधाइमा ४ जना दाजु भाइ अनि एउटा काका बस्छौ | अनि को काका भने पछि हजुरबाको छोरा बन्ने जबाफ दिए पछि सबै खित्का छोडेर हास्यौ | उनि मेरो बुबाको पहिलो कजन थिए | यो धागो सृजना गर्नेले काकाकि भान्जी मात्र लेखि पाठकलाइ Speculation गर्न बाध्य गराएको छ र उनि यो सम्बन्ध के हो भनि जनाउन नखोजेको आभास पाईन्छ | तेसैले कहिँ यो पनि एउटा तातो बिसयबस्तु बनाउन लाइ सृजित धागो त हैन ?
गाउ घरमा उमेर अनुसार काका काकी भनिन्छ | एउटै थर भए पनि कति पुस्ता फरक भएको हो त्यो बिसयलाई अगाडी नल्याई कुरा अगाडी बढाउनु भनेको धागो तन्क्याउनु मात्र हो |
Controverisal जीले हजारौ बर्स अघिका कुरा ल्याएर हुन्छ भनि हाल्नु भयो | हुन् सक्छ तेती खेर सम्म हाम्रा संस्कृतका विद्वान बर्गमा उजिल ले भने झैँ "बच्चा हुँदा 'Genetic Variation' हुदैन. एसले गर्दा 'Gene Pool' लाई असर गर्छ" भन्ने कुरा थाहा नभएको हुन् सक्छ | पछि पुस्ता र गोत्र बार्ने चलन आएको कारण यसैले होला |
काकाकी भान्जी भनेर लेखे तर उनले फुपुकी छोरी भनि लेखेका छैनन् तेसैले भन्छु सम्बन्ध के पर्छ भनि यसै निर्क्यौल गरि हुन्छ हुँदैन भन्न सकिदैन |

Last edited: 16-Sep-16 09:48 AM
Read Full Discussion Thread for this article