Posted by: magorkhe1 September 10, 2016
साझा खेति
Login in to Rate this Post:     6       ?         Liked by
खेति धेरै हुन्छन | किसान ले गर्ने खेति नेताले गर्ने खेति मा फरक छ | एउटा पसिना बगाउछ अर्को शब्द रचना बाट भुल भुलैया को सृजना गर्छ | कुनै बेला हेरेको हिन्दि सिनेमा मा खल नायकले भन्छ " ए प्रसंसा कर रही है या गालि" सम्झना आउछ | साझा कहिले छिरियो याद छैन | साझा फोरम मा के के भनियो, कति प्लेट मम खाइयो को हिसाब नभए झैँ के के लेखियो लेखा जोखा छैन | तर पनि आमाचाक्ली गर्नु मेरो बिसेषता बाहिरको कुरा हो | लामो समय को साझा छिराई ले केहि सिक्ने मौका मिले , सल्लाह दिए अनि पालाना पनि गर्ने प्रयास मा छु | तर पनि केहि लेखियो होला , मन नपरेको होला , सक्छौ भने प्रत्युतरमा logic को प्रयोग गर , त्यो नै अचुक बाण हो यदि तिमि लाइ प्रतिशोध नै लिनु छ भने |
छुरा नै हानु परे छाया बनेर हैन सिंह बनेर अगाडी आउ अनि सामना पनि तेसै गरि गरुला | नामर्द को श्रीमती बन्नु भन्दा मर्दको दासी हुनु बेस बन्ने उखान सुनेका हौला | confession आफ्नै नाम बाट गर वा कहिँ कतै तिम्रो भनाइ मा असहमत भै केहि लेखेको भए मर्द बनि सामना गर सक्छौ भने तर magorkel र megorkhe1 जस्ता नया नाम सृजना गरि किन आफैलाई दुख दिन्छौ | साना तिना कुरा बाट Hurt हुन्छौ भने साझा छिराई तिम्रो लागि गलत स्थान हो | रम्ने र रमाउने ठाउ खोज |
Read Full Discussion Thread for this article