Posted by: timi_mero_sathi September 10, 2016
प्लिज, मलाई दूध खान देऊ
Login in to Rate this Post:     0       ?        

मैले नजन्माएको ‘छोरो’

सुनिता दनुवार, काठमाडौं


http://bit.ly/2cHZUJc

मैले नजन्माएको ‘छोरो’





भाद्र २५, २०७३- एकपटक एउटा अनौठो घटना भयो । सायद कोठीहरूमा अपवादका रूपमा हुने घटना । एकपटक हाम्रो

बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरू आएका थिए । ती केटाहरू आ–आफूले मन पराएका केटीहरू लिएर

कोठामा गए । तीमध्येकै एउटा केटाले मलाई रोज्यो । मेरो कोठामा आयो । 


त्यति बेला म त कलिलै थिएँ । भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दूधका धारा चुहिरहेको हुन्थ्यो । निपल अलिकति निचोर्दा

नै दूध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले मेरो छातीमा त्यसरी दूध बगेको देखेछ । ऊ निकै आश्चर्यचकित भयो । 
उसले भन्यो, ‘मलाई तिमीसँग अरू केही गर्नु छैन । बस मलाई यो दूध खान देऊ ।’ 
‘के नचाहिंदो कुरा गर्छौ †?’ बर्बराउँदै भनें— ‘क्या ! खुस्केटहरू आउँछन् ।’ 
‘होइन, मैले तिमीसँग मजाक गरेको होइन ! मलाई दूध खान देऊ †’ उसले भन्यो ।
‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखें । 
‘मैले आजसम्म आमाको दूध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान हौ । म तिमीलाई एउटी आमासरह सम्मान

गर्छु । प्लिज, मलाई दूध खान देऊ’ उसले भन्यो । 


मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खलबलिएको ग्राहक आयो,’ भन्ने लागेको थियो ।

सुरुमा एकदम रिस पनि उठ्यो । 
‘तिमीलाई मैले दूध चुसाउनैपर्छ भन्ने छ ? जे कामका लागि आएको हो त्यही गर,’ मैले रिसाउँदै भनें । 
‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरूको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईंलाई

भेट्दा मेरी आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दूध खान पाएको थिइनँ, त्यसैले तपाईंलाई आमा बनाउन

चाहेको हुँ,’ उसले भावुक हुँदै भन्यो । 
उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्बोधन गरेर स्तनपानको याचना

गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जब उसले मलाई आमा

नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ?
खै कुन अन्तप्र्रेरणाले हो, मैले उसलाई स्तनपान गराएँ । 
कुनै पनि स्त्री र पुरुषबीच सम्बन्धका विविध आयाम हुन्छन् । त्यो केटाले हाम्रो सम्बन्धलाई यौनकर्मी र ग्राहकको

सम्बन्धबाट माथि उठाएर एकैचोटि आमा र छोराको सम्बन्धमा पुर्‍याएको थियो । ‘कामवासना’ बाट एकैचोटि माथि उठेर

उसले मबाट ‘मातृवात्सल्य’को चाहना प्रकट गरिरहेको थियो । 
स्तनपानपछि उसले मलाई तीन–चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिब्बाकै दूधको

भरमा बितेको रहेछ । उसले पहिलो पटक कुनै आमाको दूध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा

रसाए । 
दूध चुसेर ‘छोरा’ त गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोलिरह्यो, भावुक बनाइरह्यो । आखिर

त्यो त उच्च चेतना भएका मानिसहरू पनि कहिलेकाहीं बरालिएर कोठीसम्म आइपुग्दा रहेछन् । आफ्नो विवेक, करुणा र प्रेम

प्रकट गरेर जाँदा रहेछन् ।  
मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जहाँ भए पनि त्यो छोरोलाई यो आमाको सदा आशीर्वाद

रहनेछ ।

 

प्रकाशित: भाद्र २५, २०७३



http://bit.ly/2cHZUJc
Read Full Discussion Thread for this article