Posted by: KhooChheeng August 31, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     0       ?        
खूचींग खूचींग खूचींग
गल्ति तपाइको नै हो | तपाइको महागल्ती त मेरै दुइ आखाले र कानले सुनेको छु|
कसले लाको थियो र तपाईंलाई रास्ट्रपति बन्न? भै गो, तपाईं नहुनु पर्ने, ल त्यो त बनी हाल्नु भयेछ, क्यान्सर रोग किन लाउनु भो? लौ भै गो त्यो पनि मान्ने थिंए म, रोग लागे पछी उपचार गर्न किन खोज्नु भो? त्यो पनि म मानी हाल्थे कि, तर म मान्दै मान्दिन किन भने,

तर तपाईं एउटा नेपालको पुर्व रास्ट्रपतिको रुपमा सरकारले दिएको जायज सेवा सुबिधा लिनु हुने रहेछ |
तेती मात्र कहाँ हो र?
तपाइको एउटा मूल दोष भनेको नेपालमा गणतन्त्र संस्थागत गर्न खेलेको भूमिका नै हो|
तेत्रो रास्ट्रपति भए पछी आफुलाई के पर्ला भनी कुम्ल्याउनु भएन, र अहिले सरकारले दिए उपचार गराउने थिए भनी बस्नु हुन्छ?
राजा महाराजा ले झैँ 'आफ्नो सम्पतीले' उपचार नगर्ने त महा गल्ति गरि हाल्नु भो नि| तपाईं पनि किन अरु झैं कुम्ल्याउनु भएन, गल्ति तपाइको नै हो|

खूचींग खूचींग खूचींग
गल्ति तपाइको नै हो |
तपाइको महागल्ती त मेरै दुइ आखाले र कानले सुनेको छु|

बर्सौ अगाडी मदेश पुरै जलिरहेको थियो| पिडा, उकुस्मुकुस र आगोमा घिउ थप्ने मात्रै धिए. सबै नै जसो मधेशका नेता बर्सौ देखि को आफना माहु पाटी छोडेर गैरहेका थिए| त्यो कहाली लाग्दो समय को बयान गरि साध्यै छैन|
तेही समयमा टेलिभिजन तपाईं मदेस पहाड हिमाल एक नेपाल हो भनि मधेशका अर्का एक नेता सित डटेर सामना गरि रहनु भएको थियो| तपाईं ले कति फरक पार्नु भो , म जान्दिन, तर मैले तेतिबेलाको तपाइको आवाज र अनुहार हेरेर भन्न सक्छु, तपाईं त्यो बेला बगेको नदीको बहाव को बिरुद्धमा हुनुहुन्थियो|
जता मल्खु उतै धल्कू किन गर्नु भएन? हो तेसैले पनि आज तपाईको उपचारमा सरकारले सहयोग गरेमा मलाई घोर आपत्ति छ|

किनकी मलाई थाहा छ, तपाई जीवन भर तेस्ता महागल्ती गरि रहनु हुनेछ|

मलाई रत्ति भर शंका छैन, खोज्दै गए तपाईका थुप्रै महागल्ती पत्त्ता लाग्नेछन|


खूचींग खूचींग खूचींग






Read Full Discussion Thread for this article