Posted by: rockey07 August 27, 2016
10 year in US
Login in to Rate this Post:     3       ?         Liked by
म पनि अमेरिका आको १० वर्ष पुगो साथीहरु. २००६ हिजो जस्तो लाग्छ. समय बितेको पत्तै भएन. U .S आउदा बल्ल beer किन्ने उमेर पुगेको थिये आब त ३० पनि काटियो. University बाट Community College ट्रांस्फेर गरेर Gas Station मा घण्टा हान्दै पढ्दा अल्मोस्त ७ वर्ष लग्यो पढाई सक्न. क्रेडिट कार्ड सबै max out भयो tution तिर्दा तिर्दै . Graduate भएर निस्किदा अल्मोस्त 20K debth मा थिये. त्यसपछि OPT file गरेर job hunt गर्न तिर लागे. साथी भाई धेरै जस्तो I .T तिर लागे तर आफ्नो मजोर कम्प्युटर न भा को ले जान मन् लागेन. आफै apply गरेर job खोज्छु भन्ने विचार आयो. केहि समय कम खोज्दै बित्यो .
त्यसपछि एक दिन कता बाट मलाई आर्मी मा जाने विचार आयो. आब नेपाल को ताल येस्तै हो . आफु ले त दुख पाइयो आफ्नो सन्तान ले दुख न पयोस भन्न को लागि अमेरिका मा settle हुन जरुरि छ जस्तो लाग्यो. धेरै सोचे अनि यो paper को लफडा बाट बच्न सबै भन्दा सजिलो आर्मी को बाटो नै लाग्यो. अनि यो job hunt लै गोलि मारेरा भर्ति को लागि तयारी सुरु गरे. Gas Station मा घण्टा हान्दै भुडी लागेको सरिर ...सुरु सुरु मा त धेरै गह्रो भयो तर हिम्मत हारिन. घर मा बुडी ले न जौ भनेर खुब कर गर्थी तर मैले सुनिन. जिन्दगि मा कहिले न सोचेको आर्मी भैयो.
आर्मी training मा हुदा barrack को wall मा लेखिएको थियो "pain is temporary but if you quit it lasts forever ". यो quote ले मलाई आज सम्म motivate गर्दै आएको छ.
Read Full Discussion Thread for this article