Posted by: magorkhe1 August 23, 2016
किलोको डेढ रुपैया
Login in to Rate this Post:     0       ?        
न्यु योर्क मा गएको बेला केटि हरुले रिक्सा चलाएको देखेको थिए अनि सोचे कुन प्रबिधिको प्रयोग गरेको होला | लुजियानामा भने म मात्रै भएकोले वरिपरि घुमेर हेरे अनि सोधे पनि |
गियर भएको साइकल जस्तो येस्मा पनि गियर हुँदो रहेछ | हाम्रो नेपालमा एउटा मात्रै चेन राखिनेमा यसमा दुईओटा रहेछ | दुई पुल्ली भएको कारण र गियारको प्रयोगले सुरुमा तान्दा बिस्तारै ( उकालो जादा जस्तो ) तानेर गति लिदै गए पछि गियर सार्दै जाने जस्तो लाग्यो |
हाम्रो देशका रिक्सा चालकका खल्तीमा क्षय रोगका कार्ड बोकेका हुन्छन : यस्तै प्रबिधि ल्याउन सके लाखौको स्वास्थ्यमा सुधार ल्याउन सकिन्थ्यो होला |
Last edited: 23-Aug-16 08:27 PM
Read Full Discussion Thread for this article