Posted by: jhaukiri August 20, 2016
उत्तर ।
Login in to Rate this Post:     4       ?         Liked by
उत्तर ।

चलिरहेको छ,
चल्छ ।
चल्दै चलेन भने
चलाईन्छ..

चाहना त हो
चौउतर्फी दबाब दिएपछी
कस्सो चेत नहोला
चान्चुने चीज पनि त होईन..

बलिरहेको छ,
बल्छ !
बल्दै बलेन भने
बालिन्छ..

बल त हो
बहुलाएर
बेरिन्छ भने,
निस्सासिन्छ भने,
कस्को के लाग्छ
बेबकुफ्
बकम्फुसे बक्वास गरिरहन्छन ।

लडिरहेको छ,
लड्छ ।
लड्दै लडेन भने
लडाईंन्छ..

लाटोबुङो लुते भनेर हेपेको होला
लहरै लाईन ला'र्
लात का लात लाद्ने
अनी सोध्ने ..

बाच्न सजिलो छ ?





Last edited: 20-Aug-16 03:45 PM
Read Full Discussion Thread for this article