Posted by: magorkhe1 August 16, 2016
ADHD, Depression अनी साझा
Login in to Rate this Post:     1       ?         Liked by
मलाई लाग्छ साझा कसैलाई थेरापीको काम गर्छ भने कसैलाई ADHD जगाउने | कहिले काही लाग्छ अरुलाई जस्तै मलाई पनि मैले लेखेको दुबै कुरा लागु हुन सक्छ |
एउटाले भन्थ्यो जुन दिन डीप्रेस जस्तो अनी कसै सँग रिस उठेको दिन खाना बनाउदा मासु साग साब्जी काटेर मार्छू | म पनि साझामा केही ब्यङ कोरेर, जुन थोरैले मात्र बुझ्छन | यो बुझाईमा दुई कारण छन पहिलो कुरा यो ब्यङ हो अनी धेरैले नसुनेको हुन सक्छ अनी बुझाईमा ब्यक्ती बिशेषमा फर्क पर्ला| सेक्सको बिषयमा धेरैको रुची र पाठकको सख्या धेरै हुनाले कहिले काही लेख्ने प्रयास गरे पनि मेरो खास रुचिको बिषय होईन |
दैनिक बिसय बस्तुहरु जो आफ्नै अनी अरुलाई पनि पर्न सक्ने कुराहरुलाई पङ्ती बद्ध गर्ने प्रयास अनी आफ्नो रिश राग द्वेश डिप्रेस् जे भने पनि लाई पोख्ने प्रयास गर्दछु |
तर कोही एस्ता पनि निस्किए जो एक साता देखी नम्बर १ हिटमा देखिएका छन | अरुका कमेन्ट मेटाउने अनी हरेक दिन २ -४ घण्टामा आफ्नो पुरानो कमेन्ट कपि गरी डिलिट गरेर नयाँ तासे पछी जहिले पनि नम्बर १ |

धन्यवाद साझा | तिमीले हामी जस्ता ADHD भएका लाई थेरापी को काम अनी दिन भरी गाली गलौज गर्न नपाएका हरुलाई पोख्ने भाडो भएको छ |

Last edited: 16-Aug-16 12:26 PM
Read Full Discussion Thread for this article