Posted by: magorkhe1 August 13, 2016
मेरो कारले मुतेर हैरान पार्यो !
Login in to Rate this Post:     3       ?         Liked by
यो बर्ष गर्मि राम्रै चडेको छ | गएको सप्ताहान्तमा ३० माइल ड्राईभ गरेर एक मित्र कहा BBQ खान गईयो |
म पुग्दा मित्र हरुको चर्को बहस गराजमा कार राख्न नहुने भयो AC को पानीले गराज सधै चिसो पार्छ | गएको बर्स AC Condenser काम नदिने भएकोले AC नै चलाइएन | यो बर्ष बनाइयो अनि गराजमा राख्नै पर्दैन कति पानि मुत्छ त्यो पनि हिसाब किताब नै छैन | तर बुडियाले तेरो कार smelly भयो भने पछि २ ओटा freshner राखेको थिए | मित्रहरुको कुरा सुने पछि म कार मुनि चिहाउन पुगे | मुताइको के कुरा कुल्ला गरे जति पनि चिसो छैन  |
घर पगे पछि passenger साइड मा हेर्न पुगे : कहिँ पानि चुहेको जस्तो देखे पछि कार्पेट तानेर हेरेको त आहाल नै भएको रहेछ | फेरी YouTube हेर्न पुगियो | पानि चुहिने पाइपमा air presser गर्यो भने clog भएको खोल्द रहेछ | मैले पनि साइकलको पम्प दिए पछि आधा लिटर जति पानि झर्यो | तेस्पछि घरमा भएको भ्याकुम लगाई दिए |

मुत्यो भनेर चिन्ता हैन मुतेंन भने चै चिन्ता गरे हुन्छ | साथिहो AC चलाए पछि कारले मुतेंन भने drainage पाइप clog भएको हुन्छ |

Last edited: 13-Aug-16 06:34 AM
Read Full Discussion Thread for this article