Posted by: Ekantapremi August 3, 2016
ए काल
Login in to Rate this Post:     2       ?         Liked by
Suraj Parajuli
-
ए काल! आईज तलाई, पर्खेर बसीराछु!
कैले आउछस? आकाशतिर, फर्केर बसीराछु!!
-
चोट दूनीयाले मलाई, यती दियो की,
सिङ्गो मान्छे टुक्रा टुक्रा, चर्केर बसीराछु!!
-
किन यस्तो लेखीस भाग्य?, भनी रिसाएर,
मन्दिरको ढुङ्गा सगं, झर्केर बसीराछु!!
-
जीन्दगीमा मैले पनी, गरे हुला पाप धेरै,
हेर न आज गंगाजल, छर्केर बसीराछु!!
-
या त लैजा प्राण मेरो, या बाच्न दे मलाई,
जीवन-मरणको दोसाधमा, अड्केर बसीराछु
-
एकान्त प्रेमी
Read Full Discussion Thread for this article