Posted by: ujl July 23, 2016
अमेरिकामा रहेका नेपाली संस्थाहरुमा डा. के.सी.को आन्दोलन प्रति उदासिनता किन ?
Login in to Rate this Post:     1       ?         Liked by
गुण्डै गुण्डाको देशमा डाक्टर के.सीले आमरण अनसन बस्नै नहुने हो. मुर्खहरुले उपनिषद्मा रहेका ज्ञान कहिले बुझेका छन् र? फेरी नेपाल भन्ने देशमा राजनीति येति जटिल छ कि सरकार टिक्नै सक्दैन. एस्तो परिस्थिमा डाक्टर के.सीले घरि घरि आमरण अनसन बस्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो. बिगतमा धेरै पटक अनसन बसेका के.सीको अनसनले खासै परिवर्तन ल्याउन सकेको छैन. जब सोझो औंलाले घिऊ निस्किन्न भने औंला बांगो बनाउनु नै बुद्धिमानी हुनेछ र यो कुरा डाक्टर के.सीले बुझ्नु पर्छ. जून देशमा जीवनको मूल्य नै छैन, त्यो देशमा अनसन बस्नुको के औचित्य?

म डाक्टर के.सिको भावना बुझ्छु र वहाको समर्थन पनि गर्छु. यद्धपि म डाक्टर के.सिलाई के सल्लाह दिन चाहन्छु भने नेपाल अनसनले परिवर्तन हुने देश नै होइन. तसर्थ यो लडाई जुन भ्रस्टचार बिरुद्धको छ, एस्लाई निर्मुल पार्न हामीले भिन्नै किसिमको लडाई लड्नु पर्ने आवस्यक्ता म देख्दछु. नेपाल एक्कासी भ्रस्ट हुन पुगेको होइन बल्कि परापुर्व कालदेखि जनताहरु अविद्याको अन्धकारमा ढाकिएका हुनाले एस्तो परिस्थिको सृजना भएको हो. जब सम्म भ्रस्टचारको मूल कारणलाई जरैदेखि निकलिदैन, नेपालमा जति अनसन बसे पनि केहि हुने वाला छैन. रुखको पत्ताहरुमा पानि छर्किनु भन्दा जरामा पानी हाल्नु उपयुक्त म ठान्दछु. जय नेपाल.
Read Full Discussion Thread for this article