Posted by: magorkhe1 July 22, 2016
राष्ट्रपति संग फोटो खिचाउने अवसर र घरमा झुण्ड्याउने
Login in to Rate this Post:     1       ?         Liked by
धाक धक्कु नलगाए समाजमा आफ्नो स्तर कायम गर्न सकिन्न | कसैले टास्नु भएको थियो " पैसा तिरेर पदक किन्ने" अनि बडेमान को फोटोले बैठक कक्ष सजाउने | यो त थियो पैसा तिरी तिरी सम्मान किन्ने को | अर्का थरि आफ्ना छोरा छोरीको प्रगतिलाई बैठकमा सजाएर आफ्नो गरिमा बढाउन खोज्ने हरु | यिनमा पनि थरि थरिका छन् | कोहि छोरा छोरी हरु घरमा छैनन् अनि उनिहरुको सम्झना संगै प्रगतिको घोत्तक फोटा हरु टास्ने अर्का थरि घरै भएका छोरा छोरी को फोटा एक दुइ हैन बैठक छिर्ना साथ् आखा पुग्ने ठाउ( Unexpectedly bigger Like Trump Tower Name) मा टासेर हरेक नया पाहुनाले सोधुन अनि घन्टौ बयान गर्न पाउ भन्ने मनसाय लिएर बसेका |
मेरा मित्रका ससुरा बालाई छोरीको फोटो झुण्ड्याउन मन लागेर लौ छोरी तिमि पनि आएर बिद्याबारिधी  सुचिमा नाम राखिदेउ भनेछन | अनि बा आमाको इच्छा  पुरा गर्ने पशुपतिको जात्रा सिद्राको ब्यापार पनि हुने देखी  गाउँन लगाएर रास्ट्रपति संग फोटो खिचाउन पाउने बा आमाको फोटो झुण्ड्याउने इच्छा संग आफ्नो भेट घाट हुने भनि तयार भैछिंन |
नेपालमा खोट देखाएर यो ल्याउ र त्यो ल्याउ गर्लान भनि नेपालमा पढेका देखि अमेरिकामा पढेका सबैको प्रतिलिपि अनि २ ओटा फोटो को ठाउमा ४ ओटा फोटो पठाए रे!
कुरा अड्केछ कर्मचारीको भनाइ मा  MBA गर्ने नेपाल बाट रसायन सास्त्रमा बिद्याबारिधी गर्न कहा पाइञ्छ ? उन्को दिमाग नेपाल बाट एम. बि. ए. गरेको मै अड्कियो , त्यहा बाट अघी बढन सकेन |  अमेरिका बाट रसायन सास्त्र मा MS गरेरबिद्याबारिधी  गरको भन्दा कर्मचारीलाई त्यो MS गरेको डिग्रीको Equivalent प्रमाणित गरे पछि मात्र प्रोसेस पुरा हुन्छ नत्र गाउँन लाउन पाउदैनौ भन्ने जबाफ पाएछन |  लौ भन्नुस त हाम्रो देश पनि कति माथि पुगी सक्यो  अमेरिका बाट MS गरेर बिद्याबारिधी  गरेको नपत्याई अमेरिकी डिग्रीको Equivalent खोज्ने ? 
त्यसो भए  Undergraduate बाट सिधै बिद्याबारिधी  गर्ने हरुलाई तिनले मास्टर्स नगरी डाक्टरी कसरि पायौ नक्कली सर्टिफिकेट ल्यायौ भन्ने होलान ?

सानो छदा Harvard University ले एउटा दाउरेलाइ दाउरा काट्ने बिषय बारेमा बिद्याबारिधी  गर्न दिएको थियो रे ? हाम्रा गुल्ला डे हरुलाई बिद्याबारिधी  को अर्थ कसले बुझाउने ?  के गर्दा निवेदकलाई सजिलो हुन्छ भन्नु सट्टा कहा खोट छ त्यो निकाल्नु  यिनिहरुको पहिलो मुख्य काम  काम हुन्छ  | मैले लेखेको थिए आजकल मालपोत बुझाउन नागरिकता चाहिन्छ रे | दिदि संग फोटो मागे पछि फोटो छैन भनिन रे | भाइ विदेश छ  फोटो तेही नागरिकता मा छ भने पछि मिलाई दिन्छौ भनि मिलाई दिएरे | मिलाउन मिल्ने भए किन फोटो चाहियो ? खानलाई नमिलेको हो कि चाहिने नै भएर नमिलेको हो यो कुरा बुझन सकेको छुईन ?  कति खाए दिदीले भनिनन |
भारत बात बिद्याबारिधी सर्टिफिकेट किनेर ल्याउने को संख्या बड्दै गएकोले यो रोक छेक सुरु भएको हो कि पदको दुरुपयोग हो वा अज्ञानताको वा नेपाली सन्स्कारको परिणाम हो ?
मेरा मित्र हैरान छन् , सुनेर म पनि तेस्तै भए | गत हप्ता मात्रै DHL गरे रे ? अब फेरी अर्को पेपर चाहियो रे ? नेपाल जाने र रास्ट्रपति बाट  प्रमाण पत्र लिएको फोटो झुण्ड्याउने कुरा पनि खर्चिलो हुदै गएकोले वाक्क दिक्क भएको कुरा पोखेको हुँ |
Last edited: 24-Aug-16 01:38 PM
Read Full Discussion Thread for this article