Posted by: patjhar July 20, 2016
भावनाका पलहरु
Login in to Rate this Post:     2       ?         Liked by
स्रष्ट नविन श्रेष्ठ 'पतझर' ले साहित्यिक रचनाहरुको संग्रह 'भावनाका पलहरु' सार्वजनिक गरेका छन्। संग्रहमा लघुकथा, कथा, छन्द कविता, गीत, गजल, हाइकुदेखि चुटकुलासम्म समेटिएको छ। नयाँ प्रयोगको रूपमा सिर्जनामा बीस विद्यालाई एउतै कृतिमा समेटिएको उनले दाबी गरे। सिन्धु साहित्य चौतारीले गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले पुस्तक लोकार्पण गरेका हुन्। श्रेष्ठले एक दशकअघि नै कविता संग्रह निकालेका थिए। उनका फुटकर कविताहरु नेवारी, हिन्दी, तामाङ, अंग्रेजी, नेपालीसहित ५ भाषामा छापिएका छन्। 

Read Full Discussion Thread for this article