Posted by: metta July 16, 2016
Sexual violence
Login in to Rate this Post:     0       ?        

श्रीमतीसँग जबरजस्ती गर्न खोज्दा कैद

रेणु पराजुली

असार २३, २०७३- 
आफ्नै श्रीमतीसँग बिनास्वीकृति यौनसम्बन्ध राख्न खोज्दा ओखलढुंगामा एक जनाले जेलसजाय भोग्नुपर्ने भएको छ । आफ्नै श्रीमान्ले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि ओखलढुंगा, च्यानमका २९ वर्षीय नारायणबहादुर बस्नेतले ३ वर्ष कैद भोग्नुपर्ने भएको हो । कैद सँगै बस्नेतलाई २५ हजार जरिवानासमेत गर्न जिल्ला अदालतले आदेश दिएको छ । 

आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उक्त फैसला गरेको हो । श्रीमान्ले नियमित रूपमा मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छिन् । श्रीमतीले श्रीमान् बस्नेतविरुद्ध २०७२ चैत १५ गते जबरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले बस्नेतविरुद्ध चैत १८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।


http://saptahik.ekantipur.com/news/2016-07-07/20160707164238.html
Read Full Discussion Thread for this article