Posted by: metta July 16, 2016
आदित्य दाहाललाई १ करोड दिने मन्त्रिपरिषदको निर्णय
Login in to Rate this Post:     0       ?        

राजनले बनाए ड्रोन

साप्ताहिक संवाददाता

असार २९, २०७३-

 
पर्वतको भोक्सिङ गाविसका १८ वर्षीय राजन गुरुङले मानवरहित विमान (ड्रोन) बनाएका छन् । उनले आफूले बनाएको ड्रोन पोखरामा उडाएर देखाएका छन् । सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत गुरुङले मानवरहित ड्रोन उडाएका हुन् । उक्त ड्रोन चार सय मिटरमाथिसम्म उड्न सक्छ । यो ड्रोनमा दुईवटा सेन्सर रिमोट डिभाइस जडान गरिएको छ । हालसम्म ३० भन्दाबढी आविष्कार गरेका गुरुङ गाउाको पानीघट्ट देखेर प्रविधितर्फ आकर्षित भएका हुन् । ड्रोन बनाउन गुरुङले बाास, खेलौना कारको मोटर तथा खेलौना हेलिकप्टरको पंखा आदि प्रयोग गरेका छन् । पैसा नभएकाले फलाम, आल्मोनियम तथा स्टिलको सट्टा बाँस प्रयोग गर्नु परेको राजनले बताएका छन् ।
http://saptahik.ekantipur.com/news/2016-07-13/20160713181918.html
Read Full Discussion Thread for this article