Posted by: Mrigtrishna July 13, 2016
तिम्रो खेल
Login in to Rate this Post:     4       ?         Liked by
आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले
प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले

सपना सारा मिठा थिए बुनिएका सजिएका
इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले

एकोहोरो नाइँ नास्ती, हुन्न भनिरहँदा म
अस्मिताको मेरो घर त्यो ढाल्यौ तिमीले

आँखा रसिलो मेरो कहिले हुनदिन्न भन्थ्यौ
मेरो इज्ज़त आफ्नो वचन फाल्यौ तिमीले |

डरायौ हो? तिमी विरुद्ध लड्छु कि कतै म
समाजको डर देखाई मुख टाल्यौ तिमीले ||
Read Full Discussion Thread for this article