Posted by: ThahaChaena July 5, 2016
Login in to Rate this Post:
1
?
Liked by
आस्था दाहालको यो गजल को याद दिलाउनु भयो मृगतृष्णा जी ..... मिठो लाग्यो तपाईको रचना
सङ्गीहरुको हुलमै हुदा मलाई उस्ले डाकेपछि ।
के गरुँ म रातो गुलाफ मेरै सामु राखेपछि ।
उम्कनलाई प्रयास मैले नगरेको होईन
कति गरुँ अस्वीकार गर्दा गर्दै थाकेपछि ।
उसका पछि लाग्ने पनि थिए होलान कति कति
गल्दै गएँ नजरबाणले मलाई मात्र ताकेपछि ।
उ मेरो अनि म उस्कै लागि जन्मेको रे
हार खाएँ मलाई पाउन देबी देउता भाकेपछि ।
फलाम होईन मेरो मन पगाल्नलाई आगो चाहिने
विबश भएँ उसको माया जालले मलाई ढाकेपछि ।
शनै:शनै छहारीको अभाव दुख्न थाल्यो
गरेँ स्वीकार ममा पनि मायाको बेल पाकेपछि ।
सङ्गीहरुको हुलमै हुदा मलाई उस्ले डाकेपछि ।
के गरुँ म रातो गुलाफ मेरै सामु राखेपछि ।
उम्कनलाई प्रयास मैले नगरेको होईन
कति गरुँ अस्वीकार गर्दा गर्दै थाकेपछि ।
उसका पछि लाग्ने पनि थिए होलान कति कति
गल्दै गएँ नजरबाणले मलाई मात्र ताकेपछि ।
उ मेरो अनि म उस्कै लागि जन्मेको रे
हार खाएँ मलाई पाउन देबी देउता भाकेपछि ।
फलाम होईन मेरो मन पगाल्नलाई आगो चाहिने
विबश भएँ उसको माया जालले मलाई ढाकेपछि ।
शनै:शनै छहारीको अभाव दुख्न थाल्यो
गरेँ स्वीकार ममा पनि मायाको बेल पाकेपछि ।