Posted by: Rahuldai July 5, 2016
नेवारभित्र दलित–गैरदलित: बोलीमा छैन, व्यवहारमा अझै बाँकी छ
Login in to Rate this Post:     0       ?        
नेपाल भाषी अर्थात नेवारी बोल्ने समुदायको भएकोले म पनि केही कुरा राख्न चाहन्छु ।
१. नेवार जाति , जनजाति , आदिबासी , मूल बासी हुँदै होइन , नेवार नेपाल भाषा बोल्नेहरुको समुदाय हो ।
२. वर्ण विन्यास अनुसार कै ब्राम्हण, क्षेत्री , वैश्य , शुद्र नेवार भित्रै छन् ।
३. आजीवन पनचाङ्ग निर्णय समितिका अध्यक्ष रहेका ड़ा मंगल राज जोशी ब्राम्हण हुन् , नेवार भनिनु गलत थियो । उपत्यकाका जोशीहरु तागाधारी हुन् , पंचांग निर्माण , जन्म कुण्डली बनाउने , ज्योतिष शात्रका ज्ञाता जोशीहरु चाहि नेवार हुने , अरु जोशी ब्राम्हण हुने तर्क संगत छैन ।
४. पशुपतिमा मूल शिबलिंग र वासुकी मन्दिर बाहेकको अन्य अनिगिन्ती मठ मन्दिरका पूजारी भण्डारी हुन् । कालान्तरमा राज भण्डारी भए । आधुनिक नेवार समुदायमामा ६ थरि श्रेष्ठ । भण्डारी र राज भण्डारी एकै हुन् , वंसज को इतिहास खोतले हुन्छ । हिन्दु धर्मालम्बीहरुको पबित्र स्थलमा ब्राम्हणमा पनि अति शुद्ध ब्राम्हण को खोजीमा दक्षिण भारतका भट्टहरु नेपाल भित्रिएको कथा हैन ।
५. राजकर्णिकार जो पेशाले मिठाइ बनाउने समुदाय केरलाका ब्राम्हण हुन् । प्रख्यात नियात्रा लेखक घनश्याम राजकर्णिकार ( कृष्ण पाउरोटी - नेपालको पहिलो पाउरोटी - का मालिक ) आफैले हाम्रा वंसज केरलाका ब्राम्हण हुन् , शिद्धि नरसिंह मल्लको पालामा राजाको भान्छेको रुपमा नेपाल आएका भनेर आफ्नो पुस्तकमा लेखका छन् ।
६. क्रिकेटर ज्ञानेन्द्र मल्ल ( काठमाडौका मल्ल राजाका सन्तति ) चाहि नेवार हुने, अनि हेम बहादुर मल्ल ठकुरी हुने यो पनि कुतर्क मात्र हुन् । इतिहासलाई खोतल्दै जाने हो भने मल्लहरुको उदगम एकै ठाउबाट भएको छ । उपत्यकामा राज गर्ने ले नेवारी बोले , जुम्ला हुम्लाका ले खस भाषा ( कालान्तर मा नेपाली भाषा ) बोले ।
७. त्यसै गरी कर्माचार्य (कर्म +आचार्य ) राजाको कुल देवता तलेजु भवानीका पुजारी हुन् , ब्राम्हण हुन् । बज्राचार्य = बज्र+ आचार्य , बज्रयानी बौद्ध समुदायका पुजारी हुन् ।

त्यसैले नेवार समुदाय भित्र सबै छन् , दलित पनि छन् । तर जाती, जनजाती , आदिवासी , मूलबासी चाहि भन्न मिल्दैन । गुठी नेवार समुदायको पहिचान हो, त्यै भएर गुठीको डरले अन्तरजातीय बिबाह दुर्लभ थियो , अस्वीकार्य नै थियो । समय परिवर्तन भैसक्यो तै पनि छुवाछुत र बर्ग विभेदको अवशेष छ नै । रातारात सबै परिवर्तन हुने सक्दैन ।

आफ्नो समुदाय बलियो भयो भने शिक्षित भयो भने पुरै समाजको नजर बदल्न सकिन्छ भन्ने उदाहरण पनि छ ।कुनै बखत पानी नचल्ने जात कहलिएको एउटा समुदाय आज नेवार भित्र सबै भन्दा शिक्षित, उन्नत र शक्तिशाली समुदाय भएको छ ।
अस्तु !

Read Full Discussion Thread for this article