Posted by: Rahuldai June 28, 2016
राजा महेन्द्रको डायरी
Login in to Rate this Post:     2       ?         Liked by
Controversial जी
पहिलो कुरो त मैले सुनेको लेखेको हुँ, जो सही नै थियो भनेर दावा गरेको  हैन | तर मैले तपाइँलाई व्यक्तिगत हमला गरेको थिइन कतै पनि | तै पनि तपाइँले पस्किनु भएको केही अपशब्दहरुलाई बिनम्रतापूर्बक अस्विकार गर्दै

१. पहिलो कुरो , उहाँ साहित्यकार कुन लेभल को साहित्यकार भन्दा नि त्यो बेला उहाँले ती किताबमा भएका गीत कबिताहरुको चोरेका हुन् भनी सप्रमाण पेश गरेको हो कि हैन ? उहाँलाई गद्दी ताकेको अभियोग लागेको हो कि हैन , पछि क्षमा मागे पछि छुटेको हो कि हैन ? जानकारहरु संग बुझ्नु भए हुन्छ | पंचायतकालका यस्ता कुराहरुको अभिलेख हुँदैनन् | मैले पुष्टि गरेको पनि हैन त्यसले मैले तपाइलाई प्रमाण दिन सक्दिन |

२. सगरमाथाको बिषयमा तपाइँले राख्नु भएको पुस्तक अंश सही होला | यसमाने मा गलत हुन सक्छु , सबैमा क्षमा पनि माग्दछु | बिपीले कुरा उठाए २०१७ सालमा, सम्झौता गरेका थिएनन् | तर सम्झौता कहिले कहिले भयो त्यो तपाइले नै लेख्नु भएको छ | बिपीलाइ जेल कोचे पछि गररिएका सम्झौता भित्र के के थियो थिएन फेरिहस्त तपाइँ संग पनि छैन होला |

Last edited: 28-Jun-16 03:41 PM
Read Full Discussion Thread for this article