Posted by: Bhutaneseguy June 27, 2016
Bhut ko katha
Login in to Rate this Post:     3       ?         Liked by
रति ११ बजे तिर को कुरा ! मेरो ठुलो घर ( हजुरबुबा को घर ) खोला पारि थियो ! भोलि पल्ट मेरो कुप्रा बा ( हजुरबा को बुबा ) को सराद थियो ! सराद मा बिहान नै गएर स्कूल जाने plan थियो है ! मेरो कुप्रा हजुरबा काम्दा काम्दा खस्नु भएको थियो रे ! भोलि बिहान जान ready भएको म, आमा ले बेलका ११ बजे तिर त ठुलो घर जा तही गएर बस हल्का बिहान काम सगाउदै गर , म गाइ बस्तु को काम धन्दा सकेर बिहान आउछु भन्नु भयो ! भोलि सराद छ तेरो कुप्रा बा येतै उदै हुन्छन , ला यो रुद्रक्क्ष को माला लगाएर जा भन्नु भयो ! जनै लगाएको त छस ? गायत्री मन्त्र आउच भन्नु भयो ? मैले जनै लगाएको थिए गायत्री मन्त्र नाउने कुरै भएन , हजुरबा नै पुरेत भएपछि ! बेलुका खोला तरेर जाने भए केइ भयो भने जनै समात्नु र गायत्री मन्त्र पढ्नु भन्नु भएको थियो ! म नि हल्का हल्का डर लाग्दै गए तर मुजी केइ गरि भुत आयो भने टाप हान्छु, स्कूल म कुद्ने म त second third आउने नै गरेको थिए खोला को वोरिपरी बास झ्यांग थियो ! जादै थिए कसैले बास घारी मा ढुंगा हाने जसो लागो ! हल्का डर लाग्यो तर होइन जसो लाग्यो ! अलिक पर गको झन् कोइ रुदै गरे जसो लाग्छ ! ल मुजी आज यहि सकिने भए जसो लाग्यो ! तर नि गायत्री मन्त्र आउछ, बाल भएन भन्दै जादै थिए ! अलिक पर गको मे मे मे भन्दै रोएको सुन्छु ! अब जाठो भुत को कथा सानो म सुनेको नै थिए हल्का डर त लाग्ने नै भयो ! तर नि हैन जान्छु भुत देखिगाये भने त भोलि केटा हरु लाइ दरो गफ लाउन पाउछु जसतै लाग्यो थियो , फेरी कतै बाट आवाज आयो सी सी सी सी गरे जसो अब भने मेरो गेडा बाट पसिना तप तप चुइन थाल्यो ! जिन्दगि सकियो मुजी कुप्रा बा संगै जाने भए भनेर होस् हवस् नै गयो ! अजै गए ठ्याक्क खोला को पुल मुनि गएर हेर्या त गाउ का केटा हरु मुजी मेस्सी मेस्सी भन्दै रुदै पो रहेछन् , ए भाइ के भयो भन्दा त दाजु मेस्सी ले गॉल लायेना भन्छ ! जाठा हरु लाइ २ लात हानेर तेरो मेस्सी ले गर्दा झन्डै मेरो गेडा गयो गयो भनेर घर तिर लागे !

Read Full Discussion Thread for this article