Posted by: Rahuldai June 27, 2016
राजा महेन्द्रको डायरी
Login in to Rate this Post:     0       ?        

अन्नपूर्ण पोस्ट मा प्रकाशित राजा महेन्द्रको डायरी बारे युबराज गौतमको अनाम व्यक्ति संग भएको डायरी चर्चा पढ्दा लाग्यो लेखमा ' selective' खण्डको मात्र चर्चा गरिएको जस्तो  लाग्यो | अनाम घटनामा अनाम चर्चा |


राजा महेन्द्रले "उसैको लागि " र "फेरी उसैको लागि " शिर्षक दुइ कबिता संग्रह र थुप्रै गीत भजन र राष्ट्रिय गीएत लेख्नु भएको भनी चर्चा गर्दा युबराज गौतम जस्ता वरिष्ठ पत्रकार( पंचायत ब्यबस्था र राज तन्त्रका घोर समर्थक ) ले यो सत्य पनि बुझ्नु पर्ने हो कि ती दुवै पुस्तकमा समाहित सबै कबिता भारतीय कविहरुको हुबहु अनुबाद ( चोरेको भन्ने शब्द राजालाई न सुहाउला ) मात्र हो भन्ने प्रमाणित गर्ने वरिष्ठ साहित्यकार अझै जिउदै हुनुहुन्छ | हो राजद्रोहको मुद्दा लागे पछि डाक्टर साहेबले राजा महेन्द्रको मात्र हैन शाह बंशका हरेक सन्तान सार्क क्षेत्रकै अब्बल कबि कवियत्री भनी भजन लेखे |



डायरी हुबहु पढ्न पाए सत्य तथ्यको चिरफार हुन्थ्यो नै |

Last edited: 27-Jun-16 12:39 PM
Last edited: 27-Jun-16 12:42 PM
Last edited: 28-Jun-16 06:48 PM
Read Full Discussion Thread for this article