Posted by: magorkhe1 June 27, 2016
उनको आँखा तराई !
Login in to Rate this Post:     0       ?        
केहि बाहिरिन्छन केहि भित्रिन्छन |

यो सप्ताहन्त बैठक कोठामा नयाँ रङ रोकन गर्ने योजना अनुसार रङ पोतनको काम सकियो |रङ रोगन लगाउने काम मेरो सामर्थ बाहिरको कुरा हो | पेन्टिङ गर्दा हरेक stroke smooth हुनु पर्छ | ब्रस वा रोलरमा प्रेसर एकनासको हुनु पर्छ नत्र पोताइ नमिली धर्का हरु देखिने हुन्छ तेसैले मेरो सहभागिता चै अन्य छेत्रमा मात्र् हुने गर्छ| यस् पल्ट् २-४ वटा रङ रोगन गर्ने Tools हरु ल्याइेको थियो तेस्ले हो वा अनुभबले हो अलिक सुबिस्था सँग लगाइयो | एन केन प्रकारेण रङ पोत्ने काम सकियो| मेरो कथाको सुरुआत नयाँ रङ पोतन पछी गरिएको कोठा को arrangement बारे हो |
ठुलो बडेमानको book rack लाई बैठक कोठा अन्यात्र सार्ने हो कि भनी सोच राखियो | बच्चाले त Craigslist मा राख्ने सल्लाह पनी पोखेका हुन | सम्बेदनशील मुल्य जोडीएको हुनाले बच्चाको कुरा लागु नहुने भए पछी र अन्यात्र सार्न सम्भब नभए पछी बैठकको एक कुनामा नयाँ पोजिसनमा कुजियो |अहिले यो मन नलागी उभिएर बसेको जस्तो लाग्छ| बैठक कोठा छिर्दा साइडमा झट्ट आँखा पुग्छ भने २-४ स्तेप भित्र पुगे पछी मात्रा तेस्को अनुहार देखिएको भान हुन्छ |
कोठामा भएका चिज हरुमा सोफा, दुरदर्सन र दुरदर्शन राख्ने ६ फिटे टेबल्, दुई वटा साइड टेबेल , कफी टेबल र एउटा ल्याम बाहेक केही re-arrange मा परे बाँकी सबै केही बाहिरिए | प्रकृति दर्साउने पेन्टिङ पहिले रखिएको ठाउमा बाट हटेर भरेङको बिसौनिमा (Landing surface )राख्न पुगियो | देशेमरु झ्या एका तिरको पर्खालमा खादा ओडेर बसेको थियो साथमा हिमालका ३ र ४ फिटे पोस्टर पनि बाहिरिए | कुनै बेला खादा लगाएर नेपाली अभिनेत्रिले फोटो खिचाईन भनेर देशका नयाँ पुस्ताले माफि माग्न लगाए भनेर पढेको दिन देखी खादाको लगौटी लागाएको फोटो खिची टासुला भनी यो खादालाई सुरक्षित राखेको छु , हेर्न मन लागेको छ यि नौटन्किका नाटक हरु| जान्न् मन लागेको छ पुरुसले गर्दा तेसतै नाटक रचाउन्छन वा आँखामा पट्टी बाधेर बस्छन | किन टासिनस त भन्नु होला ? DSL क्यामरा पनि छ तर फोटोग्राफर भेट्टाएको छुईन |

१२ बर्स्मा चौथौ पल्ट् रङ रोगन फेरिए अनी हरेक रङ रोगन पछी केही सामाग्री थन्किने, केही डोनेसनमा पुग्छन अनी नया बस्तु भित्रिन्छन | म नवौ वा दशौ कक्षा हुँदा पढेको एउटा लेख सम्झन पुग्छु |टोलमा भएको पुस्तकालयमा Reader Digest ता नियमित रुपमा आउथ्यो | Humor सेक्सन पढि सके पछी मात्र अरु बिषय बस्तु हेरिन्थ्यो| यो कथामा कसैले एउटा ठुलो पेन्टिङ उपहार स्वरुप पाउछ भने उत्तिकै मन पराउछ |घर लगे पछी कहाँ राख्दा ठीक हुन्छ भनी ठाउँ ठाउँ राख्दै उप्युक्त स्थान खोज्न महिनौ घोत्लिन्छ | अन्त्यमा गएर बैठक कोठामा राखदा ठीक हुने निर्क्यौल गर्छ कहाँ राख्ने निर्क्यौल पछी उस्ले डकर्मि बोलाएर मुल ढोका र अगाडिका झ्याल हरु निकाल्न लगाएर अर्कै ठाउमा सार्न लगाउछ | किन तेसो गर्नु पर्‍यो भन्दा यो उपहार स्वरुप पाएको पेन्टिङ लाई उपयुक्त ठाउमा राख्नलाई घरकै रुप रेखा नै परिवर्तन गरेको थियो |
बाको पालामा झुन्डिएका तस्बिर अझै पनि याथास्थनमा छन दसौ बर्ष पछी घर जादा पनि घर घर नै लाग्छ र म बसुन्जेलको पाहुना हुँ भन्ने कुरा उब्जदैन |
Read Full Discussion Thread for this article