Posted by: nozzs June 22, 2016
Remove female privilege in nursing profession
Login in to Rate this Post:     0       ?        
केटाले पनि नर्सिङ पढ्न पाउनु पर्ने भन्दै सर्वाेच्चमा रिट

केटाले पनि नर्सिङ शिक्षा अध्ययन गर्न पाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानले शैक्षिक सत्र ०७३–७४ को लागि विद्यार्थी भर्नाको लागि माग गरेको आवेदनमा समेत ‘नेपाली महिला हुनु पर्ने’ उल्लेख गर्दै यस्तो व्यवस्था खारेज गर्न सर्वोच्व अदालतमा रिट दायर भएको हो । रिट दायर गर्नेमा कानुन व्यवसायी ज्ञान दर्शन भट्टराई र सन्तोष सिग्देल छन् ।
त्रिवि अन्तर्गतको नर्सिङ क्याम्पसहरुमा विद्यार्थी भर्नाको लागि गत जेठ २१ मा सूचना जारी गरेर आवेदन माग गरेको थियो । आवदेन र प्रवेश परीक्षा सम्बन्धी निर्देशनमा प्रमाणपत्र तह नर्सिङका आवदेनकर्ता महिला नेपाली नागरिह हुनु पर्ने मापदण्ड राखेको छ । यो आधारमा संविधान विपरीत रहेको भन्दै रिट दायर गरेका छन् । उक्त रिट शिक्षा, रोजगारी, श्रम तथा समानता जस्ता मौलिक हक विपरीत तथा राज्यको निर्देशक सिद्धान्त विपरीत गरेको भिन्दै उनीहरुको जिकिर छ ।

नर्सिङ शिक्षामा भेदभाव नगर्ने भनिएपनि लैगिक भेदभावको आधारमा नर्सिङ शिक्षामा पुरुषलाई दर्खास्त दिने अधिकारबाट बञ्चित गरी पुरुषलाई समानता पूर्वक बाच्न पाउने हक र रोजगार गर्ने स्वतन्त्रताको मौलिक हकमा अम्भिर आघात पु¥याएको कानुन व्यवसायी ज्ञान दर्शन भट्टराई र सन्तोष सिग्देलले दायर गरेको रिटमा उल्लेख छ ।
- See more at: http://swasthyakhabar.com/2016/06/51564.html#sthash.FSYAx8eM.EifVPGmn.dpuf
Read Full Discussion Thread for this article