Posted by: Mrigtrishna June 21, 2016
अनौठो सम्बन्ध
Login in to Rate this Post:     3       ?         Liked by

दिएर गयौ तिमी ,यो प्यार अनौठो
एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।।

छैन स्पर्श कतै तिम्रो बहने पवनमा
तर पनि म जिउने छ आधार अनौठो।।

हुन्न अब कसैको म तिम्री नभएपछी
एकछत्र राज तिम्रो अधिकार अनौठो।।

मन मष्तिस्क सदैव लिई हिंड्दापनि
गर्हौं कत्ति नलाग्ने तिम्रो भार अनौठो।।

म परें बिरलै प्राथमिकतामा तिम्रो
आफ्नै प्रेम नअट्ने त्यो परिवार अनौठो।।
Read Full Discussion Thread for this article