Posted by: controversial June 20, 2016
stupid nepali police
Login in to Rate this Post:     0       ?        
now polygraph is false in the eye of nepali police. my only wishes, don't make outrageous claim u don't know scientifically proven. instead of relying to start on false fact quickly like hero, start investigate calmly like common sense and understanding , like no true bf sees gf suicide , lowers body and hides killer shawl and simply go home to sleep. would ya ?

६ असार, नवलपरासी । नेपाली फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको उनकै प्रेमी आशिष चौधरीले हत्या गरेको नवलपरासी प्रहरीले निस्कर्ष निकालेको छ । मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

Manisha-gharti-magar२१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले आशिषविरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्न लागेको छ ।

मनिषाको हत्या आशिषले गरेको अनुसन्धाले देखाएकाले कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक प्रकाश सापकोटाले अनलाइनखबरलाई बताए ।

‘अनुसन्धान सकेर असार २ गते नै हामीले घटनाको मिसिल सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेका थियौं,’ अनुसन्धान अधिकृत सापकोटाले भने ।

उनले घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो (कपडा), मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने बताए ।

प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो ।

पोलिग्राफ पनि झुठ !

मनिषाको मृत्युको अनुसन्धानमा प्रहरीले आशिषको पोलिग्राफ परिक्षण समेत गरेको थियो । अभियुक्तले दिएको बयान साँचो हो वा झुठो हो भन्ने पुष्टी गर्नका लागि प्रहरीले पोलिग्राफ टेस्ट लिने गर्दछ ।

उक्त परिक्षणमा आशिषलाई मनिषा घर्तीमगरको मृत्यु तपाईले गराउनु भएको हो ? भन्ने प्रहरीको प्रश्नमा आशिषले ‘होइन’ भन्ने जवाफ दिएका थिए । उक्त जवाफको पोलिग्राफ जाँच गर्दा आशिषको प्रारम्भिक वयानसँग मिलेको थियो । प्रहरीको अनुसन्धान निस्कर्ष पोलिग्राफ परिक्षणको नतिजासँग मेल खाएन ।
२०७३ असार ६ गते १२:२२ मा प्रकाशित
Read Full Discussion Thread for this article