Posted by: metta June 19, 2016
लुटेर/मारेर खाने अधिकार
Login in to Rate this Post:     0       ?        

चिकित्सक पक्राउको विरोध

चिकित्सकहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले देशका विभिन्न स्थानबाट प्रमाणपत्र नक्कली भएको आशंकामा चिकित्सकहरुलाई पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम ल्याउन नेपाल चिकित्सक संघलाई दवाब दिएका छन्।

चिकित्सकहरुले शनिबार नेपाल चिकित्सक संघको कार्यालयमा पुगेर चिकित्सकहरुको पक्राउ पेशामाथिको आक्रमण भएको भन्दै  तत्काल आन्दोलनका कार्यक्रम ल्याउन संघको नेतृत्वलाई दवाब दिएका हुन्। सीआइबीले देशभरबाट ३६ जना चिकित्सकलाई नक्कली प्रमाणपत्रको आशंकामा पक्राउ गरेको थियो। चिकित्सकहरुले कुनै चिकित्सकले गल्ती कमजोरी गरे छानविन गर्ने र कारवाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई मात्र भएको भन्दै प्रहरीले क्षेत्राधिकार बाहिर गएर पक्राउ गरेकाले संघ चुप लागेर बस्न नहुने बताए। उनीहरुले नक्कली प्रमाणपत्रको आशंकामा चिकित्सकहरु पक्राउ पर्नुको जिम्मेवारी काउन्सिलले लिनुपर्ने पनि बताए।

खासगरी युवा पुस्ताका चिकित्सकहरुले आन्दोलनका कार्यक्रम ल्याउन दवाब दिएपनि संघले भने यस विषयमा प्रहरी महानिरीक्षक र अन्य सरोकारवाला निकायसँग छलफल गरेर मात्र निर्णय लिने बताएको छ। संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले संघ नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सक बन्नेहरुलाई जोगाउने पक्षमा उभिन नसक्ने बताए। उनले प्रहरीले आशंकाका आधारमा चिकित्सकहरुलाई पक्राउ गरेकाप्रति भने आपत्ति जनाए।

संघले चिकित्सकहरुसँगको छलफलपछि शनिबार नै प्रेस विज्ञप्ति जारी गरेर कानूनी प्रक्रिया हुँदाहुँदै कार्यक्षेत्रबाटै चिकित्सकहरुलाई हत्कडी लगाएर गिरफ्तार गरिनुले चिकित्सा पेशाको मानमर्दन भएको भन्दै कारवाहीको नाममा अमानवीय व्यवहार प्रदर्शन नगर्न सरकारसँग माग गरेको छ ।



http://setopati.com/samaj/48484/
Read Full Discussion Thread for this article