Posted by: metta June 10, 2016
सडक कुकुरको सेवामा
Login in to Rate this Post:     0       ?        
सडक कुकुरको सेवामा

चार वर्षअगाडि स्नेहा श्रेष्ठ, ३२, को आठमहिने फुच्चे कुकुरलाई कसैले विष खुवाएर मारिदियो । त्यसको पीडा उनले कसै गरी भुल्न सकिनन् र सडक कुकुर को स्याहारमा समर्पित भइन् । कुकुरलाई बिस्कुट/खाजा खुवाउने, घाइते/अपांगको उद्धार, स्याहार र उपचार गर्दै उनले तीन वर्ष बिताइसकेकी छन् ।

सुरुमा उनले केही कुकुरलाई आफ्नै खर्चमा केनल क्लबमा लगेर राखिदिने गर्थिन् । त्यसको खर्च हुन्थ्यो, प्रतिदिन २ सय ५० रुपियाँ । तर, अहिले कुकुरका लागि काठमाडौँको चोभारमा आफैँले वासस्थान बनाइदिएकी छन्, जहाँ ४३ वटा कुकुर छन् ।

पेसाले उनी ट्राभल एजेन्ट हुन् । एक वर्षमा ६ महिना मात्र काम हुन्छ, बाँकी समय अलपत्र, घाइते र अपांग सडक कुकुरहरूको सेवा गर्छिन् । अहिले उनलाई दैनिक ५० भन्दा बढी कुकुर उद्धार गरिदिन फोन आउँछ । तर, पाँचदेखि १० वटा कुकुरको मात्र उद्धार गर्न सकिरहेकी छन् ।


शब्द/तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी

(बाटोघाटो वा सार्वजनिक स्थानमा घाइते, अपांग वा अलपत्र अवस्थाको कुकुर देख्नुभएमा स्नेहालाई 9802008274 फोन वा  https://www.facebook.com/snehazcare पेजबाट सम्पर्क गरी खबर गर्न सक्नुहुन्छ ।)

http://nepal.ekantipur.com/news/2016-06-08/20160608180521.html
Read Full Discussion Thread for this article